काठमाडौँ । आज मिति वि. सं. २०८२ माघ २४ गते शनिबार । ई. स. २०२६ फेब्रुअरी ७ नेपाल सम्बत ११४६ सिल्लागा षष्ठी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण षष्ठी तिथि । चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, शूल योग, गर करण । आज बिहान ६ बजेर ४९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ४९ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):–
आजको दिन प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि बोलीको भरमा काम सम्पादन हुने समय छ । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ, तर जित तपाईंकै हुनेछ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । गीतसंगीत तथा रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):–
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनसक्ने दिन छ । परिवारजनसँग आत्मीयता बढ्ने एवम् व्यवसायमा थप लगानी बढाउन सकिएला । हिम्मतले काम बनाउने प्रयास गर्नु उचित हुनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । साहसिक काममा आकर्षण रहला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):–
मिश्रित फलदायी समय छ । अनावश्यक दौडधुपमा समय बित्नसक्छ, सजग रहनुहोला । फाइदाका लागि योजनाहरू गोप्य राख्नु आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सोची-सम्झी पाइला चाल्नु लाभप्रद रहनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । स्वास्थ्य भने सबल रहनेछ । दिगो फाइदा हुने काममा लगानी हुनसक्ने योग छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):–
दैनन्दिन कार्यमा जाँगर बढ्नुका साथै पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । तार्किक क्षमताले सम्मान दिलाउला । आयआर्जनका स्रोत बढ्नेछन् भने हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुने योग छ । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । प्रेम र मित्रताको गाँठो कसिएर जाला । आयबल वृद्धि हुनेछ । कार्यगति बढ्ने र समस्याको समाधान मिल्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):–
सुख र दुःखको मिश्रित भाव अनुभूति हुने समय छ । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्ने योग रहेकोले सजग रही ब्यवहार गर्नुहोला । प्रतिस्पर्धीहरूबाट सजग रहनुपर्नेछ । पहिलेका कर्मको प्रतिफल पाइनेछ, साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । अध्ययनमा पछि परिने योग भएकाले सजग रहनुहोला । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । रसरागको भाव जागृत होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):–
विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित रहने समय छ । भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रशन्न होला । मित्र एवम् सन्तान पक्षको माध्यमबाट पनि काम बन्ने देखिन्छ । गरिएका कामको पनि राम्रै मूल्यांकन होला । तर, आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सजग रहनुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ । रसरागको भाव जागृत हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):–
विभिन्न अवसरले पछ्याउने समय छ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । आफ्नै प्रयासले लाभ मिल्ने र व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । तथापि, सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । खर्च पनि केही वृद्धि हुने सम्भावना छ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):–
आजको दिन केही चुनौती बढ्न सक्छ । काम बिग्रने डरले त्यसै-त्यसै सताइरहला । पुरानो कुनै कारणले झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने योग छ, सजग रही व्यवहार गर्नु उचित हुनेछ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख मिल्न सक्छ । विवेकको सही प्रयोगले शत्रुपक्ष परास्त हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । प्रतिकुलताका बाबजुद विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिएला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):–
इर्ष्यालुजनको मनोबल कमजोर रहनाले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुनेछन् भने रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै हौसला जगाउनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ । तथापि, आलोचकहरू बढ्न सक्छन्, व्यवहारमा विशेष सावधानी अपनाउनुहोला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):–
कुनै विशेष योजना अघि बढाउन खोजिरहनुभएको छ भने उचित समय छ, हिम्मतले काम लिनुहोला । कर्मबल वृद्धि भइ सोचेअनुसार परिणाम हासिल हुने देखिन्छ । अध्ययन तथा अध्यापन कार्यमा राम्रै प्रगति होला । सहयोगीहरू भेटिनुका साथै नयाँ कामको प्रस्ताव आउने सम्भावना छ । धन आर्जनको योग छ । प्रेमको बन्धन कसिनुका साथै विपरीतलिंगीबाट लाभ मिल्नेछ । आरोग्यबल वृद्धि हुने र शत्रुपक्षलाई परास्त गर्न सकिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):–
वौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्ने समय छ । मनको डर उत्साहमा रूपान्तरित हुने देखिन्छ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यसफलताले पछ्याउला । मित्रजनबाट विभिन्न सहयोग तथा उपहार प्राप्त हुने योग छ । आयआर्जन पनि राम्रै होला । फलदायी यात्रा गर्ने मौका जुर्न सक्छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):–
काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने समय छ । विपरीतलिंगी मित्रको सहयोग जुट्ला । बोली र व्यक्तित्वको प्रभावले फाइदा उठाउन सकिने समय छ । मेहनतले धेरै काम बनाउन सकिएला । व्यवसायमूलक काममा राम्रै फाइदा हुने योग छ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । यात्रापरक काम बन्नेछ । उत्साह बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्…..