माघ २२ गते बिहीबारको तपाईको दैनिक राशिफल

काठमाडौँ । आज मिति वि. सं. २०८२ माघ २२ गते बिहीबार । ई. स. २०२६ फेब्रुअरी ५ नेपाल सम्बत ११४६ सिल्लागा चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण चतुर्थी तिथि । चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, सुकर्मा योग, बव करण । आज बिहान ६ बजेर ५० मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ४७ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):–
आजको दिन घरायसी समस्याले केही सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहनेछ । व्यवसायमूलक काममा राम्रै फाइदा हुने देखिन्छ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् भने काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । अनुभवी तथा वरिष्ठ ब्यक्तित्वको सहयोग जुट्नेछ । आरोग्यबल वृद्धि होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):–
व्यस्तता वा दौडधुप बढेपनि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । स्वास्थ्यगत समस्याबाट पार पाइएला । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):–
दिन खास उत्साहजनक नरहन सक्छ । महत्वपूर्ण कार्यमा समयमै होस नपुग्नाले केही चुनौती झेल्नुपर्ने देखिन्छ, होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । लापर्वाहीले अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिनसक्ने योग छ । पहिलेका समस्या दोहोरिन सक्छन् । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनु हितकर हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):–
मिश्रित फलदायी समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा मित्रजनसँगको सम्बन्ध बिग्रन सक्छ । आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ, अवसरले उत्साह जगाउनेछ । स्वास्थ्य केही कमजोर रहनाले कार्यसम्पादनमा असर पर्ने देखिन्छ । महत्वपूर्ण अवसर गुम्न सक्छ, सजग रही कार्य-व्यवहार गर्नुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):–
कर्मबलका साथै व्यस्तता वृद्धि हुनेछ । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहला । खास योजनाको कार्यान्वयनमा केही चुनौती देखापर्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):–
दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । मेहनतले आम्दानी बढाउला । श्रमको उचित मूल्यांकन हुनेछ भने आजको कामबाट राम्रै धनलाभ हुने देखिन्छ । बोली र ब्यक्तित्वको प्रभाव वृद्धि हुनाले कठिन कार्य पनि सहजै पार लाग्ने देखिन्छ । सहयोगीहरूले उत्साह जगाउनेछन् । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):–
आजको दिन व्यावसायिक काममा खर्च बढ्नुका साथै अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउने समय छ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउला । तार्किक क्षमता बढ्नेछ भने अध्ययन-अध्यापनमा प्रगति हुने देखिन्छ । सावधानीले सामान्य फाइदा उठाउन सकिएला । परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):–
मिश्रित फलदायी समय छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने समयको सीमालाई ख्याल गर्न नसक्दा महत्वपूर्ण अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेअनुसारको फाइदा नहुने योग छ । स्वास्थ्यचाहिँ सबल रहनेछ । यात्रापरक कार्य सम्पन्न होला । कलात्मक काममा आंशिक सफलताको योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):–
पराक्रम वृद्धिका साथै कीर्तिमानी काम गर्ने समय छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै उत्साहजनक ढङ्गले काम होला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रसरागको भाव वृद्धि होला । प्रतिष्पर्धीहरू परास्त हुनेछन् ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):–
गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । तार्किक क्षमताले मान-सम्मान दिलाउनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् । यात्रापरक कार्य सफल रहनेछ । स्वास्थ्य पनि सबल रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):–
केही चुनौतीयुक्त समय छ । नियमित कार्यमा बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । टीका-टिप्पणी गर्नेहरू सक्रिय रहलान् । प्रक्रिया नमिल्नाले पुरा गरिसकेको काम पनि दोहोर्याउनुपर्ने हुनसक्छ । गल्तीविना नै आक्षेप लाग्नसक्ने योग छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्ने योग छ । पारिवारिक समस्याको भने समाधान मिल्ने देखिन्छ । आफन्तको साथले उत्साह जागृत होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):–
अरूलाई प्रभावित पारेर काम बनाउने समय हुनाले आजको दिन उत्साहपूर्ण रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ तर मुख्य काममा बाधा हुने योग छ, सजगताका साथ कार्य-व्यवहार गर्नुहोला । साझेदारीको काम बन्नेछ । दाम्पत्य सम्बन्धमा मधुरता आउने देखिन्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्…..

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै