पुस ३० गते बुधबारको तपाईको दैनिक राशिफल

काठमाडौँ । आज मिति वि. सं. २०८२ पुष ३० गते बुधबार । ई. सं. २०२६ जनवरी १४ नेपाल सम्बत ११४६ पोहेलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण एकादशी तिथि । चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, गण्ड योग, बालव करण । आज बिहान ६ बजेर ५७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ३० मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आकस्मिक रुपले सफलता वा असफलता मिल्ने खालको दिन छ । आर्थिक कारोबार बढ्ला । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने समय छ । बाहन, चौपाया आदि प्राप्त हुने तथा नयाँ विशेष सामान खरिदको योग छ । आफन्तजनको साथले पराक्रम वृद्धिका साथै पारिवारिक समस्याको समाधान मिल्ने देखिन्छ । यात्रापरक काम बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
लाभदायक समय छ । व्यापार-व्यवसायबाट अर्थिक लाभ मिल्नेछ । पारिवारिक सुख प्राप्तिले आत्मबल बढाउला । आरोग्यबल वृद्धि हुनेछ । प्रतिष्पर्धी एवम् शत्रुपक्षलाई पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । प्रेमभाव वृद्धि तथा सन्तान पक्षबाट सुख मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने, वैवाहिक जीवन सुखी हुने दिन छ । समग्र पक्षमा अनुकूलता वृद्धि भएको अनुभूति होला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
सामाजिक क्रियाकलाप तथा परोपकारको क्षेत्रमा मन आकर्षित हुने समय छ । दैनिक कार्य सन्तोषजनक सम्पन्न हुनेछन् भने व्यापार-व्यवसायमा पनि फलिफाप नै हुने देखिन्छ । अप्रत्यासित धनलाभको सम्भावना छ । मिष्ठान्न भोजनको अवसर जुर्नुका साथै मित्रजनसँग रमाइलो भेटघाट पनि होला । आजको दिन नसोचेको काम बन्ने देखिन्छ, प्रयास गर्नुहोला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
प्रतिभा देखाएर धेरैको मन जित्न सकिने समय छ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछन् । धनजन वृद्धि हुने र आफ्नो पक्षमा समर्थन जुट्ने योग छ । विशिष्टजनसँग फलदायी भेटघाट हुनसक्छ । महत्वपूर्ण कामका साथै अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
साहसिक कामप्रति विशेष लगाव बढ्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ तर सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु उचित होला । निकट मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने देखिन्छ । आजको दिन अनावश्यक विवाद बढ्नुका साथै शत्रुजनले सताउन सक्छन्, सावधान रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुनसक्छ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
आजको दिन पुराना तथा अधुरा रहेका कामहरु सम्पन्न हुनसक्छन् । कामको सफलताले थप काम गर्ने हौसला मिल्ने समय छ । सुखदायी यात्रा र आयआर्जन हुने देखिन्छ । नयाँ-नयाँ साथीसंगीसँग चिनजान होला । साथीभाइको सहयोगले डुबेको धन प्राप्त हुनसक्ने सम्भावना प्रवल छ । पराक्रम वृद्धिले जस्तोसुकै समस्यामा समाधान मिल्ने देखिन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्नसक्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुन सक्छ । नियमित कार्यमा व्यर्थको खर्च होला । स्वास्थ्यमा पनि गडबडीको सम्भावना रहेकोले खानपानमा विशेष सजक रहनु उचित हुनेछ । प्रेम सम्बन्धमा केही चिसोपन आउन सक्छ । समग्र ब्यवहारमा धैर्यको जरुरत छ । चुनौतीका बाबजुद पराक्रम झल्कने कार्यमा आकर्षण रहला । योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस हुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
सुखदानुभूतिले पछ्याइरहने दिन छ । पाहुना आगमन हुनसक्छ जसले मनमा आनन्द दिलाउला । नयाँ काम प्राप्तिका साथै धन कमाउने अवसर जुर्ला । कृषिको कामबाट विशेष लाभ हुने देखिन्छ । मनोरञ्जनात्मक यात्रा हुनसक्छ । आयबल र यशवर्चश्व बढ्नेछ । आजको दिन लेनदेनको काम भने नगर्नु नै उचित हुनेछ । विपरीतलिंगीको साथले कामेच्छा वृद्धि हुने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
आजको दिन सोच्दैनसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । दान पुण्यका कार्यमा आकर्षण वृद्धि होला । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । कृषिजन्य व्यापारबाट पनि राम्रो फाइदा हुने समय छ । साथीभाइसितको छलफलले धनलाभको बाटो पत्ता लाग्न सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । मित्रजनको सहयोगले कार्यगति बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
धन आर्जनका नयाँ बाटा खुल्ने समय छ । खर्च भन्दा कमाई नै बढी होला । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्ने देखिन्छ । मातापिता एवम् विशिष्ट ब्यक्तित्वसंगको भेटघाटले मनमा हर्ष छाउला । सभा-समारोहमा सम्मान प्राप्त हुने योग छ । पराक्रम बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने दिन छ । नियमित कर्ममा जाँगर थपिएला । महत्वपूर्ण कामहरु सजिलैसँग बन्नेछन् । विपरितलिङ्गीको साथ–सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । धनलाभ र पारिवारिक सुखको योग छ । अध्ययन तथा अध्यापन कार्यमा प्रगति होला । दामपत्यसुख बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
आजको दिन अनावश्यक वादविवादको सामना गर्नुपर्ने अवस्था निम्तन सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनुहोला । दैनन्दिन कार्य-ब्यवहारको बोझ बढेको अनुभूति हुनसक्छ । पेशागत रुपमा पनि समस्या देखिने योग छ । घरपरिवारमा केही मनमुटाव होला । काम-कर्तव्यमा जोडबल लगाएपनि सफलता प्राप्तिमा चुनौती खडा हुने देखिन्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । प्रेम सम्बन्धमा आएको चिसोपनले मन उदास रहन सक्छ । मन शान्तिका लागि परोपकारको कर्ममा ध्यान निे प्रयास गर्नु उचित हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्…..

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै