यस्तो छ शुक्रबारको दैनिक राशिफल

काठमाडौँ । आज मिति वि. सं. २०८२ पुष २५ गते शुक्रबार ई. सं. २०२६ जनवरी ९ नेपाल सम्बत ११४६ पोहेलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण षष्ठी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, शोभन योग, वणिज करण । आज बिहान ६ बजेर ५७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर २६ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आजको दिन दिन खासै उपलब्धिमूलक नरहला । छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काट्नेहरु सक्रिय रहनेछन् । विशिष्टजनबाट आलोचना हुन सक्छ । कसैसँग वादविवादको सम्भावना छ, बोली र व्यवहारमा सजगता अपनाउनुहोला । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । परिवारजनमा समझदारीकायम राख्न विशेष प्रयत्न गर्नु हितकर हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
नियमित काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । मित्र एवम् आफन्तले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला । व्यावसायिक काम भने बीचमा अवरुद्ध बन्नसक्ने योग छ, सजग रहनुहोला । मित्रजनको साथ-सहयोग मिल्नाले उत्साह बढ्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । कृषि तथा पशुपालनमा विशेष फाइदा होला । लगानी एवम् खर्च वृद्धि हुनेछ, ख्याल राख्नुहोला । साहसिक काममा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा आंशिक सफलता मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्ति हुने समय छ । अध्ययन–अध्यापनमा मन जाला । पराक्रम वृद्धिले नयाँ काम र जिम्मेवारी हात पार्ने अवसर जुर्ला । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । आरोग्यता रहनेछ । साथीभाइ सहयोगी बनेर देखापर्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रापरक काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
वौद्धिक क्षमता प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने समय छ । आँटेका प्रायः सबै कामहरू बन्नेछन् । आम्दानीको नयाँ श्रोत फेलापर्ने योग छ । ठूला व्यक्तिको विश्वास सजिलै लिन सकिनेछ । ब्यापारमा पनि फाइदा होला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । साझेदारीको काम बन्नेछ भने व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्य सबल रहला । पढाइलेखाइमा विशेष सफलता मिल्ने देखिन्छ । नयाँ काममा ध्यान दिए भविष्यका लागिसमेत लाभदायी सावित होला । दाम्पत्यसुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
नयाँ काममा हात हाल्ने समय आएको छ । तर, इर्ष्यालुजनको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । नोकरी एवम् राजनीतिमा बर्चस्व बढाउन सकिने योग छ । सभा-समारोहमा मान पुरस्कार प्राप्तिको सम्भावना छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
समय शुभदायी छ । धन आर्जनका माध्यमहरूको थालनी हुने देखिन्छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारमा पनि सुखको माहोल बन्नेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । रोकिएको काम बन्नुका साथै आय वृद्धि होला । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
विशेषगरी आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि होला । अरुको काम धेरै गर्नुपर्ने योग छ, तथापि जश भने कमै मिल्ला । छरछिमेकमा केही असमझदारी बढ्ने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
समय केही चुनौतीयुक्त छ । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहला, जसले गर्दा सोचेको काममा बाधा ब्यहोर्नुपर्ला । सोचेअनुरुप काम नहुँदा खिन्नता पनि बढ्न सक्छ । रसरागात्मक कार्यमा विशेष आकर्षण रहने देखिन्छ । शत्रु परास्त गर्ने सामथ्र्य बढ्नेछ । खेलकूद, भ्रमण जस्ता कार्यमा आकर्षण बढ्नेछ । यात्रागत कार्य सार्थक रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
कर्मबल बढ्नेछ । परिवारमा खुशीको माहोल छाउला । नयाँ स्थानमा यात्रा हुनसक्ने योग छ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद, भ्रमणलगायत मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्ला । पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ । समग्रमा मनोरञ्जनका साथ दिन बित्ने देखिन्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
मिश्रित फलदायी समय छ । विगतमा गरेको गल्ती तथा कमजोरीका कारण तनाव सिर्जना हुनसक्छ । अनावश्यक कुरामा धननाश हुने योग छ, आर्थिक कारोबारमा धेरै नै विचार पुऱ्याउनुपर्नेछ । विवाद बढ्ने सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध पैदा हुने र मनमा अनावश्यक चिन्ता बढ्ने सम्भावना छ । घरायसी ब्यवहारको चिन्ताले सताउन सक्छ । स्वास्थ्य सबल रहनेछ । विपरीतलिंगी मित्रको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्…..

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै