काठमाडौँ । आज मिति वि. सं. २०८२ पुष ०३ गते बिहीबार । ई. सं.२०२५ डिसेम्बर १८ नेपाल सम्बत ११४६ थिंलागा चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण चतुर्दशी तिथि । चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, धृति योग, विष्टि करण एवं अन्तर्राष्ट्रिय आप्रवासी दिवस, आज बिहान ६ बजेर ४९ मिनेटमानेपालमा झुल्किएको घाम साँझ ५ बजेर १२ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
तपाईंका हरेक कार्य-व्यवहारको प्रशंसा र कदर भइ प्रतिष्ठा बढ्ने समय छ । अध्ययन–अध्यापन एवम् व्यापार–व्यवसायमा पनि प्रगति हुने देखिन्छ । धन मान यश ऐश्वर्य प्राप्तिको योग छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिएला । प्रेमभाव वृद्धि, आमोदप्रमोदो अवसर, मित्रजनको साथ-सहयोग मिल्नेछ । रोकिएको काम अघि बढ्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
पराक्रम एवम् आत्मविश्वास जागृत भइ नयाँ काम र जिम्मेवारी हात पर्नसक्ने समय छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । बौद्धिक एवम् रचनात्मक कार्यले प्रतिष्ठा दिलाउला । पारिवारिक समस्याको समाधान मिल्ने योग छ । मित्रजनको साथ-सहयोगले सुख वृद्धि गराउनेछ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि भइ यात्रापरक काम सर्थक रहनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
नियमित कार्यमा जागरुकता आउनुका साथै रोकिएका घरेलु कामकाज क्रमशः बन्ने समय छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइएला । ब्यापार-व्यवसायमा पनि फाइदा हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष सफलता मिल्ने योग छ । सभा-समारोहमा भएको उपस्थितिले मान–प्रतिष्ठा दिलाउला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । बुद्धि-विवकेकको सही प्रयोगले जस्तोसुकै समस्याको समाधान हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनसक्छ । स्वास्थ्य केही कमजोर रहेपनि सहयोगीजनका कारण नियमित कार्य सुचारु रहला । परिवारको साथले कर्मबल वृद्धिको अनुभूति हुनेछ । मित्रजनको साथ मिठो भोजन प्राप्तिको योग छ । शत्रुपक्ष कमजोर सावित हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालन कार्यमा विशेष फाइदा होला । पढाइलेखाइमा पनि प्रगति हुनेछ । व्यावसायिक काम भने बीचमा अवरुद्ध बन्नसक्ने योग छ । आरोग्यबल बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । यात्रा सुखद रहनेछ । पारिवारिक सुखशान्ति वृद्धि हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । ऋण सापटी लिनदिन आजको दिन अनुकूल रहनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । व्यवसायिक कार्यमा लगानी बढ्नेछ र त्यसको दूरगामी असर फाइदाजनक नै हुनेछ । समस्यामा साथीसंगीको सहयोग प्राप्त हुनेछ । आफन्तको साथले कार्यगति बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
साहसपूर्ण कार्य वा क्रियाकलापप्रति मन आकर्षित हुने समय छ । यात्रागत कार्यबाट धन आर्जन होला । रमाइलो भेटघाटको योग छ । आयबलका साथै यश-वर्चश्व बढ्नेछ । नियमित कर्म सन्तोषजनक रहनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
जोखिमयुक्त काममा मन जाने समय छ । सोचसमझ राखेर कदम अघि बढाउनु उचित होला । कुनै विषयले खिन्नता पनि बढ्न सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यस्थितिमा अनुकूलता आउनाले नियमित काममा जाँगर चल्नेछ । कर्मबल बढ्नेछ । सहयोगीजनको साथले रोकिएको काम बन्नेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
दिन मध्यम खालको दिन छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिश्रमअनुसारको उपलब्धि पाइएला । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । बौद्धिक कार्य लभदायी सावित हुनेछ । मित्रजनको साथ भने नमिल्नसक्छ, जटिल काम पनि आफ्नै बलबुतामा सम्पन्न गर्ने प्रयास गर्नु उचित हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
मिश्रित फलदायी समय छ । निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । जोखिम र संघर्ष बढ्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । शारीरिक अस्वस्थताको सम्भावना छ, तर नियमित आम्दानीमा कमी आउने छैन । प्रतिकुलताका बाबजुद दायित्व निर्वाह गर्नुहुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सामर्थ्य वृद्धि हुने समय छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरीतलिंगीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । कतैबाट सुखद खबर सुन्न्न पाइएला । दाम्पत्य सुख पनि बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । बोली र व्यवहारप्रति अत्यन्त सजग रहनुपर्नेछ, अन्यथा विवाद र झैझगडाको अवस्था पैदा हुन सक्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । लेखन–प्रकाशनसित सम्बन्धित काममा आंशिक सफलता मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्…..