
काठमाडाैँ । आज मिति वि.सं. २०८२ असार १७ गते मंगलबार । ई.सं. २०२५ जुलाई ०१ नेपाल सम्बत ११४५ दिल्लाथ्व षष्ठी तिथि । सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल षष्ठी, चन्द्रमा सिंह राशिमा । पुर्वफल्गुनी नक्षत्र, व्यतिपात योग, तैतल करण । आज बिहान ५ बजेर ११ मिनेटमा झुल्किएको घाम साँझ ७ बजेर ३ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । गोपनीयतामा विशेष ध्यान पु ऱ्याउनु उचित होला । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ । धन, मान, महत्व बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
समय शुभदायी छ । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपर्ने देखिन्छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । लामो यात्राको गर्ने अवसर जुट्न सक्छ । आरोग्यबल बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तजनको साथले उत्साह बढ्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
पछिसम्म फाइदा हुने काममा लगानीको अवसर प्राप्त हुने समय छ । व्यापारमा राम्रै लाभ होला । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपानमा ध्यान दिनुहोला । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । सभासमारोहमा मान–पुरस्कार प्राप्त हुने योग छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
कर्मबल वृद्धि हुने र विशेष कार्यमा साथीभाइको सहयोग प्राप्त हुने समय छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । अवसर प्राप्त भए पनि काममा हात हाल्नु अघि राम्ररी विचार पुऱ्याउनुहोला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, सजग रहनुहोला । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्ने समय छ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु उचित होला । इर्ष्या गर्नेहरूबाट आजको दिन विशेष सावधान रहनुपर्नेछ । उन्नति पदोन्नति हुनेछ । पारिवारिक सुख बढ्ने देखिन्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । नयाँ कामको प्रस्ताव आउने र पहिलेका कमी–कमजोरीलाई पनि सुधार गर्ने अवसर जुर्ला । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । कर्मबल बढ्नेछ । धन आर्जन हुने योग छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । पराक्रम वृद्धि भइ समस्याको समाधान मिल्ने देखिन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
आश मारेको काम बन्नाले उत्साह जागृत हुने समय भएपनि छरछिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रनसक्ने देखिन्छ । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ । तथापि, उपलब्धिको स्रोत पहिल्याउन सकिएला । अरूका काममा ज्यादा समय खर्चनुपर्ने योग छ । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
दिन केही चुनौतीयुक्त रहने देखिन्छ । व्यापार-व्यवसायमा खासै उपलब्धि हासिल गर्न नसकिएला । इष्र्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन्, सावधानी अपनाउनुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नुहोला । अरूको भरपर्दा धोका पाइएला । गोपनीयतामा विशेष ध्यान दिनुहोला । योजना र बजेट बनाएर मात्र आर्थिक कारोबार गर्नुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
बोली र व्यक्तित्वको प्रभावले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । पहिले रोकिएको कामको प्रतिफल प्राप्त हुने समय छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने सम्भावना प्रवल छ । जथाभावी आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, ख्याल राख्नुहोला । दामपत्यसुख बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा पनि फाइदा हुने र आरोग्यबल बढ्ने योग छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
आजको दिन केही प्रतिकुल रहेको अनुभूति होला । नातेदारहरुसँग विवाद वा झैझगडा पर्न सक्छ । आर्थिक समस्या पनि पर्न सक्ने योग छ ।सवारीसाधन चलाउदा आज विशेष सावधान रहनु हितकर होला । वादविवादमा परिने सम्भावना भएकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा महत्वपूर्ण योजना कार्यान्वयन नहुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । प्रतिकुलताका बाबजुद दायित्वलाई पूरा गर्नुहुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
प्रशंसकहरू बढ्ने, मान-सम्मान पाइने समय छ, तर गरिरहेको काममा भने केही समस्या पर्न सक्छ । विचारले धेरैलाई प्रभावित पार्न सकिएला । चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । आजको दिन फाइदाको मात्र पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस् शुभकामना !!!