जेठ ३१ गते शनिबारको तपाईको दैनिक राशिफल

काठमाडाैँ । आज मिति वि.सं. २०८२ जेष्ठ ३१ गते शनिबार ई.सं. २०२५ जुन १४ तारिख । नेपाल सम्बत ११४५ तछलागा तृतिया तिथि । सिद्धार्थी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रष्म ऋतु, असार कृष्ण तृतिया, चन्द्रमा धनु राशिमा । उत्तरषाढा नक्षत्र, ब्रहा योग, विष्‍टि करण । आज बिहान ५ बजेर ०७ मिनेटमा झुल्किएको घाम साँझ ७ बजे अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

नयाँ काम सुरु गर्ने समय छ । व्यवसायको सिलसिलामा भ्रमणको अवसर जुर्न सक्छ । आतिथ्यपूर्ण सम्मान पनि पाइने देखिन्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ तर अन्य ब्यवसायबाट भने लाभ हुनेछ । व्यापारमा राम्रै धनलाभ हुने योग छ । अनुकूलता वृद्धि भइ दाम्पत्यसुख बढ्नेछ । इष्टमित्रको सहयोग रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):

आजको दिन सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । ऋण रोग र शत्रुसित लड्ने सामथ्र्य वृद्धि होला । आफन्तको साथ मिल्नेछ, पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):

सामाजिक प्रतिष्ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ । तर, निर्णय गलत ठाउँमा पर्नाले अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला । विचार नपु ऱ्याइ बोल्नाले समस्या उत्पन्न हुनसक्छ । कडा प्रायस गरे पनि सफलता हात नलाग्नसक्ने सम्भावना देखिन्छ । यसका बाबजुद शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

ब्यस्तता बढ्नेछ । कमी–कमजोरीलाई सुधार गर्न सकिने समय छ । आजको दिन टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । शिक्षा क्षेत्रमा सफलता हासिल होला । ब्यापारमा सोचेअनुसारको लाभ हुने देखिन्छ । नयाँ कामको सुरुवात भने खासै राम्रो छैन । मित्रमिलनको योग छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ने समय छ, जसले मान प्रतिष्ठा वृद्धि गर्ला । आम्दानी बढ्ने देखिन्छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुख–सुविधाको साधन प्राप्ति हुनेछ । पराक्रम वृद्धि र रसरागको कार्यक्रममा आकर्षण बढ्ला । पारिवारिक सुख बढ्नुको साथै नियमित कार्यमा सहजता रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):

मिश्रित फलदायी समय छ । काम बने पनि बोझिलो जिम्मेवारी थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् । यात्रा आरामदायी र रमाइलो हुनेछ । आजको दिन बोली र व्यवहारमा सरलता नअपनाए झूटा आरोप लाग्नसक्ने योग छ, ध्यान राख्नुहोला । साहित्यिक कार्यमा मन जानेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):

साहसिक काममा आकर्षण बढ्ने समय भएपनि आजको दिन स्वास्थ्य केही कमजोर रहन सक्छ । अरूका काममा समय खर्चनुपर्ला । पढाइलेखाइमा पनि खासै ध्यान दिन नसकिएला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । खर्च वृद्धि हुने योग छ । मित्रमण्डलीबीच यश–वर्चश्व बढ्नेछ । रसरागमा आकर्षण रहला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

आर्थिक पक्ष सबल बन्नेछ तर काममा अलिक प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौतीसमेत देखापर्ने सम्भावना छ । प्रयतन गर्दा केही अवसर मिल्न सक्छ, विवेकयुक्त प्रयासले चुनौतीहरू पार लाग्नेछन् । अनायासै ठिक निर्णय हुने योग छ । मिठो भोजन प्राप्ति एवम् सुख वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):

प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आजको दिन खर्च भने केही बढ्न सक्छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आय वृद्धि हुनेछ । खेलकुद, भ्रमण जस्ता मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):

सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ने समय छ । घरायसी समस्याले सताए पनि परोपकारी कार्यमा सफलता मिल्नाले मन सन्तुष्ट रहला । बौद्धिक र रचनात्मक कार्य सार्थक रहनेछ । व्यावसायिक कामका लागि टाढाको यात्रा हुनसक्छ । मित्र वर्गबाट साथ–सहयोग पाइनेछ । सुख–सुविधाको वस्तुमा धन खर्च हुने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):

आजको दिन आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ । खर्चको मात्रा बढ्न सक्छ । काममा ढिलासुस्ती आउन सक्छ, सावधान रहनुहोला । अनावश्यक दौडधुपबाट जोगिने प्रयत्न गर्नु हितकर हुनेछ । झमेला, विवाद र चोटपटकको योग छ, सजग रहनुहोला प्रतिकुलताका बाबजुद सामथ्र्य वृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):

नियमित काममा केही चुनौती देखापर्ने दिन छ । स्वास्थ्यमा केही कमजोरी महसूस हुनाले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । खर्च र जोखिम बढ्न सक्छ । रसरागमा भने आकर्षण रहला । आफन्तको साथ मिल्नेछ । मिठो भोजन प्राप्त हुने देखिन्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस् शुभकामना …………..

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै