जेठ २८ गते बुधबारको तपाईको दैनिक राशिफल

आज मिति वि. सं. २०८२ जेष्ठ २८ गते बुधबार ईसं २०२५ जुन ११ नेपाल सम्बत ११४५ तछलाथ्व पुन्हि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल चतुर्दशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, साध्य योग, बव करण । आज बिहान ०५ बजेर ०७ मिनेटमा झुल्किएको घाम साँझ ०६ बजेर ५९ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

नियमित काममा जाँगर बढ्नाले मनमा खुशी मिल्नेछ भने आजको दिन आफन्तले पनि काममा साथ–सहयोग दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । तथापि, व्यावसायिक काम बीचमा अवरुद्ध बन्नसक्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । आत्मविश्वास वृद्धि भइ रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदको भाव जागृत रहला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):

तपाईंका कुरा काटनेहरु सक्रिय हुनेछन् भने ठूला व्यक्तिबाट आलोचना हुनसक्ने समय छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सावधान रहनुहोला । कसैसँग बादविवादको सम्भावना पनि छ । परिवारजनमा असमझदारी बढ्ने योग रहेकोले बोली र व्यवहारमा निकै सतर्कता अपनाउनु हितकर हुनेछ । आजको दिन हातहतियारबाट जोगिएर काम गर्नुहोला । छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):

व्यस्तता वृद्धिका साथै दिन केही चुनौतीयुक्त रहला । कुनै कामविशेषमा झमेलाको सामना गर्नुपर्ने सम्भावना छ । जागिरमा केही अल्छीपन छाउला । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिनेछैनन् । सामाजिक कर्म एवम् राजनीतिमा बर्चस्व बढाउन सकिने छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आर्थिक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

सोचेका महत्वपूर्ण काममा सुखदायी परिणाम प्राप्त हुनसक्ने समय छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाइएला । पढाइलेखाइमा भने खासै मन नजाने देखिन्छ । पुराना साथीसंगीसँग भेटघाटको योग छ । सामाजिक उत्तरदायित्व हासिल हुने देखिन्छ । नयाँ काम र जिम्मेवारी हातपार्ने मौका जुर्ला । परिवारिक सुखले उत्साह जागृत गर्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

दिन सुखदायी नै रहने देखिन्छ । प्रायः सबै आवश्यक कामहरू बन्नेछन् भने साथ-सहयोग दिनेहरू पनि बढ्नेछन् । आर्थिक लाभ हुने समय छ । आम्दानीको नयाँ श्रोत फेला पर्न सक्छ । ठूला व्यक्तिको विश्वास सजिलै जित्न सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइनेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्ला । यात्रा सुखद रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):

समय मध्यमस्तरको छ । आजको दिन भाग्यले खासै साथ नदिन सक्छ । धनको नाश हुने, विवाद बढ्ने सम्भावना रहेकोले ब्यवहारमा अत्यन्तै सजगता अपनाउनुहोला । महत्वपूर्ण काममा अवरोध आउनाले मनमा चिन्ता बढ्न सक्छ । घरायसी सम्पत्तिको चिन्ताले पनि सताउने सम्भावना छ । विगतमा गरेको गल्ती–कमजोरीका कारण तनाव सिर्जना हुने योग छ । यसका बाबजुद आरोग्यबल बढ्नेछ । साथीसंगीको सहयोग प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):

दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन पनि मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा विशेष फाइदा होला । राम्रै कामका लागि खर्च केही बढ्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहला । व्यापार–व्यवसायमा विशेष सफलता मिल्ने योग छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

शुभदायी समय छ । धन कमाउने बाटाहरुको थालनी हुनुका साथै सोचेका काममा राम्रै सफलता मिल्ने देखिन्छ । धनलाभको योग छ । परिवारमा पनि सुखको माहोल बन्ला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइएला । आय वृद्धि हुनेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि होला । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनुका साथै दिन खुशीसाथ बित्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):

दिन रमाइलो छ, पुराना साथी-संगीसँगको भेटघाटले मन हर्षित हुनेछ । आजको दिन टाढाको यात्रा हुने सम्भावना छ । परिवारमा खुशिको माहोल छाउला । नयाँ ठाउँको यात्राको योग छ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुने देखिन्छ । कर्मबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):

आजको दिन केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले नियमित कार्यमा असर पर्नसक्छ । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानीको योग छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचेअनुरुप काम नहोला । तथापि, आत्मविश्वास कायम रहनेछ । मिठो भोजन प्राप्त होला । शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):

मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय भएपनि सोचेको महत्वपूर्ण काममा केही बाधा ब्यहोर्नुपर्ला । अरुको काममा ज्यादा समय लगाउनुपर्ने तर सोअनुसर जस भने नमिल्ने देखिन्छ । काम गरे अनुसार फल भने थोरै मिल्ने योग छ । छर–छिमेकमा पनि केही असमझदारी बढ्नसक्छ, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):

दिन सामान्य छ । स्वास्थ्यमा सुधार आउनेछ भने नियमित कार्यमा जाँगर बढ्ने देखिन्छ । बन्दव्यापारबाट लाभ मिल्नेछ । पढाइलेखाइमा पनि विशेया सफलता मिल्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइएला । नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस् शुभकामना !!!!!

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै