आगामी १० दिनभित्र इरानसँग कि सम्झौता हुन्छ कि उसविरुद्ध आक्रमण: ट्रम्प

काठमाडौँ ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कारबाही गर्ने भन्ने कुरा ‘सायद आगामी १० दिनमा संसारले थाहा पाउने’ बताएका छन् ।

बीबीसीका अनुसार वासिङ्टन डीसीमा शान्ति बोर्डको उद्घाटन बैठकमा ट्रम्पले इरानसँग भइरहेको वार्ताबारे भने, ‘हामीले अर्थपूर्ण सम्झौतामा पुग्नुपर्छ, नत्र नराम्रा कुरा हुनेछन् ।’

हालैका दिनमा अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । यसैबिच स्विट्जरल्यान्डमा अमेरिका र इरानका अधिकारीबिच भएको वार्तामा प्रगति भएको रिपोर्ट आएको छ।

अमेरिकाका डेमोक्र्याटिक सांसद र केही रिपब्लिकन नेताले संसद्‌को स्वीकृतिबिना इरानमा कुनै पनि सैन्य हमला नगर्न चेतावनी दिइरहेका छन् ।

ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनरले इरानसँग ‘केही राम्रा बैठक’ गरेको बताएका छन् । तर उनले यसो पनि भनेका छन्, ‘वर्षौंदेखि यो प्रमाणित भएको छ कि इरानसँग अर्थपूर्ण सम्झौतामा पुग्न सजिलो छैन ।’

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै