पश्चिम बंगालमा भीषण आगलागी, मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा दुईटा जोडिएका गोदाममा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । धेरै व्यक्ति अझै बेपत्ता भएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले जनाएको छ ।

पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब १२ किलोमिटर दक्षिणमा पर्ने दक्षिण २४ परगना जिल्लाको आनन्दपुरस्थित नजिराबाद क्षेत्रमा सोमबार बिहान सबेरै एउटा गोदामबाट आगलागी शुरू भएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार करिव २५ देखि ३० जना अझै बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने सम्भावना छ । यसैबीच, प्रहरीले गोदामका मालिकलाई पक्राउ गरी अदालतमा पेश गरेको छ, जसले उनलाई आठ दिनको प्रहरी हिरासतमा पठाएको छ ।

एआईआरकाअनुसार अधिकारीहरूले आगलागीको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएका छन् र फोरेन्सिक टोलीले घटनास्थलबाट प्रमाण संकलन गर्न सुरू गरेको छ ।

स्थानीय समाचार संस्थाका अनुसार आगलागीको समयमा धेरै कामदारहरू भित्रै सुतिरहेको विश्वास गरिएको छ ।

दमकल विभागका अधिकारीहरूले सर्ट सर्किटको कारणले आगलागी भएको हुनसक्ने आशंका गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै