महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

मुम्बई । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बुधबार भएको विमान दुर्घटनामा निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनी सवार चार्टर विमानमा आगलागी भएर खसेपछि यो दुःखद घटना भएको हो।

आर्थिक राजधानी मुम्बईबाट उडेको उक्त विमानले महाराष्ट्रको बारामती सहरमा आपतकालीन अवतरण गर्ने प्रयास गरेको थियो । सोही क्रममा विमानमा प्राविधिक समस्या आएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

टेलिभिजन च्यानलहरूले सार्वजनिक गरेको भिडियोमा विमानको भग्नावशेष एउटा खुला मैदानमा जलिरहेको र धुवाँको मुस्लो उडिरहेको देखिएको छ ।

पवारको निधनको खबरले भारतको राजनीतिक वृत्तमा शोक छाएको छ । घटनाको विस्तृत विवरण र आधिकारिक पुष्टि हुन बाँकी नै छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै