मदुरो हिरासतमा परेपछि ट्रम्पको चेतावनी: “अमेरिकी कारबाहीको विरोध गरे भेनेजुएलाले ठूलो मूल्य चुकाउनुपर्ने”

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको नयाँ नेतृत्वलाई चेतावनी दिँदै अमेरिकी सैन्य कारबाहीको विरोध गरेमा ुठूलो मूल्य चुकाउनुपर्नेु बताएका छन् । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले शपथ लिनुअघि ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो ।

नवनियुक्त कार्यवाहक राष्ट्रपति रोड्रिगेजले पूर्व राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीको गिरफ्तारीलाई लिएर अमेरिकी कदमको चर्को आलोचना गरेकी छिन् । उनले मदुरो दम्पतीलाई तत्काल रिहा गर्न माग गरेकी छिन् । यता, अमेरिकाले भने मदुरो शासनको अन्त्यसँगै भेनेजुएलामा विकास र प्रगतिको नयाँ बाटो खुलेको दाबी गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलासम्बन्धी नीतिमा राष्ट्रपति ट्रम्पले सबै विकल्प खुला राखेको जानकारी दिएका छन् । अमेरिकाले भेनेजुएलामाथि कूटनीतिक र आर्थिक दबाबलाई थप कडा बनाउँदै लगेको छ भने त्यहाँको अन्तरिम नेतृत्वको हरेक कदमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया भेनेजुएलामा भएको पछिल्लो अमेरिकी सैन्य हस्तक्षेपप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन्। धेरै राष्ट्रहरूले एक सार्वभौम मुलुकमाथिको बल प्रयोगप्रति असहमति जनाउँदै शान्तिपूर्ण समाधानका लागि आह्वान गरेका छन् । युरोपेली सङ्घ (EU) ले पनि भेनेजुएलामा थप हिंसा र तनाव बढ्न नदिन सबै पक्षलाई ‘शान्ति र संयम’ अपनाउन आग्रह गरेको छ।

गत शनिबार अमेरिकाले गरेको सैन्य कारबाहीपछि तत्कालीन राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी हाल न्यूयोर्कको हिरासतमा छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै