उत्तरी इरानमा हवाई आक्रमणमा परेर ९ जनाको मृत्यु, ३३ जना घाइते

एजेन्सी । उत्तरी इरानमा हवाई आक्रमणमा परेर चार वटा घर नष्ट भएको छ ।

यी आक्रमणका क्रममा कम्तीमा ९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । गिलानका गभर्नरको कार्यालयका अनुसार अरू ३३ जना घाइते भएका छन् । यी आक्रमण इजरायलले गरेको बताइएको छ ।

मर्ने र घाइते हुनेमध्ये १४ जना महिला र बालबालिका रहेको बताइएको छ । मर्नेमा मोहम्मद रेजा सिद्धकी नाम गरेका परमाणु वैज्ञानिक पनि रहेको भन्दै केही सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन् ।

गए राति भएको आक्रमणमा वरिष्ठ परमाणु वैज्ञानिक मारिएको इजरायली सेनाले पनि भनेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै