अमेरिकाले विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया पुनः सुरू गर्ने, सामाजिक सञ्जाल पनि अनिवार्य चेक

काठमाडौँ । अमेरिकी सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विद्यार्थी भिसा (Student Visa) दिने प्रक्रिया पुनः सुरू गर्ने भएको छ ।

अमेरिकी विदेश विभागका अनुसार, अबदेखि भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाताहरू पनि अनिवार्य रूपमा जाँच गरिनेछ। बीबीसीले उल्लेख गरेअनुसार, आवेदनकर्ताहरूले आफ्ना सोसल मिडिया प्रोफाइल सार्वजनिक राख्नुपर्ने निर्देशन दिइनेछ ।

विदेश विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रो भिसा स्क्रिनिङ प्रक्रियामा उपलब्ध सबै जानकारी प्रयोग गर्छौं। यसको उद्देश्य भनेको अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि सम्भावित खतरा बन्न सक्ने व्यक्तिहरूको पहिचान गर्नु हो।”

नयाँ दिशानिर्देश अनुसार, भिसा आवेदकहरूको अनलाइन गतिविधि, सामाजिक सञ्जाल उपस्थिति, र विगतको डिजिटल इतिहास समेत हेरेर विस्तृत र गहिरो जाँच गरिनेछ।

नागरिकता, सुरक्षालाई केन्द्रमा राखेर नीति कडाइ

यो नयाँ नीति विशेषगरी सुरक्षा र निगरानीलाई प्राथमिकता दिँदै लागु गरिएको संकेत विज्ञप्तिमा गरिएको छ। अमेरिका आउने विदेशी विद्यार्थी, विशेषगरी उच्च संवेदनशीलता भएका विषयमा अध्ययन गर्न चाहनेहरूका लागि यो प्रक्रिया अझ कडा हुनसक्ने अनुमान गरिएको छ।

विद्यार्थी भिसाका लागि आवेदन खुला भएपछि नेपालसहित विश्वभरिका विद्यार्थीहरूका लागि प्रभाव पर्नेछ। आगामी महिनाहरूमा अमेरिकी दूतावासहरूले थप प्राविधिक विवरण र कार्यान्वयन सम्बन्धी जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै