काठमाडौँ । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले विक्रम संवत् २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ ।
चैत ८ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डरको अनावरण गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालसहित उच्च व्यवस्थापनका पदाधिकारीहरूले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
क्यालेन्डरका विशेषता
नयाँ क्यालेन्डरमा सरकारी बिदाको सूची, प्रमुख चाडपर्व, विशेष दिवसहरूका साथै पञ्चाङ्ग तिथि र तारिखहरू स्पष्ट रूपमा समावेश गरिएको छ। यसले ग्राहक तथा सरोकारवालाहरूलाई वर्षभरिका गतिविधि योजना बनाउन सहज हुने कम्पनीको विश्वास छ ।
डिजिटल सेवा र गुणस्तरमा जोड
क्यालेन्डर सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आगामी वर्षका लागि शुभकामना शुभकामना व्यक्त गरे । उनले भने, “आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नवीन प्रविधिको अधिकतम प्रयोग गरिनेछ। ग्राहक सेवाको गुणस्तरलाई प्रभावकारी बनाउन समयसापेक्ष र नविनतम योजनाहरू ल्याउन हामी दत्तचित्त भएर लागेका छौँ ।”
सरोकारवालाप्रति आभार
सीईओ पराजुलीले नेपाल लाइफलाई ‘सर्वाधिक विश्वासिलो’ कम्पनीका रूपमा स्थापित गर्न भूमिका खेल्ने सञ्चालक समिति, कर्मचारी, बीमित (ग्राहक), अभिकर्ता, शेयरधनी तथा नियामक निकाय नेपाल बीमा प्राधिकरणप्रति आभार प्रकट गर्दै नयाँ वर्ष २०८३ को अग्रिम शुभकामनासमेत दिए ।
समारोहमा नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख-बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी र कम्पनी सचिव विनोद कुमार भुजेलको उपस्थिति रहेको थियो ।