प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस कति ?

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १७ गते आइतबार बेलुका ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको ८.७० प्रतिशत बोनस शेयर र ०.४६७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि ) गरी कुल ९. १५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारण सभाबाट पारित गरेपछि मात्र सम्बन्धित शेयरधनीहरूमा वितरण हुनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै