नेशनल लाइफ इन्स्योरेन्सको एकदिने तालिम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्तालाई एकदिने तालिम प्रदान गरेको छ ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमअन्तर्गत छनोट भएका २८० जना अभिकर्तालाई तालिम दिइएको थियो ।

चर्चित प्रशिक्षक काजिम रजाले धुलिखेल स्थित होटल सारथिमा दिएको प्रशिक्षणमा विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण दिएका थिए ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले कम्पनीमा आबद्ध अभिकर्ताहरूलाई आफूले आत्मसात् गरेको अभिकर्ता पेसालाई व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले विभिन्न अभिकर्ता मैत्री मासिक तथा वार्षिक योजना जारी गर्दै आइरहेको र यसै सन्दर्भमा अभिकर्ताहरूलाई उत्कृष्ट प्रशिक्षण दिने गरी प्रेरणा, प्रगति र पेसागत उत्कृष्टताको नाराका साथ मासिक योजना मन्थन जारी गरिएका बताए । यो योजनामा देशैभरबाट ७०० भन्दा बढी अभिकर्ताहरू छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए । साथै उनले शाखा स्तरीय प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले यश प्रकारको तालिमबाट अभिकर्ताहरूले आफ्नो पेसामा उत्कृष्टता हासिल गरी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गर्न सक्ने बताए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले यस्ता उत्कृष्ट तालिमबाट आगामी दिनमा बिमा व्यवसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको बताएका थिए भने सम्मानित हुने अभिकर्ताहरूले सम्मान प्राप्त गर्दा आफ्नो मिहिनेतको फल प्राप्त भएको र आगामी दिनमा अझ मिहेनतका साथ आफ्नो पेसालाई अगाडि बढाउने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै