काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई दिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् गृह मन्त्री ओमप्रकाश अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्षको रुपमा कामकाज गर्ने गरि तोक्ने निर्णय गरेको जानकारी दिए ।
यस अघि सरकारले जनक राज शर्मालाई बीमा प्राधिकरणको अध्यक्ष बनाएको थियो।