हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश पारित, ३२ औं साधारणसभा सम्पन्न

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा आयोजित सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको हो।

सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत (CEO) अञ्जू श्रेष्ठसहित सञ्चालक समिति र शेयरधनीहरूको उपस्थिति थियो। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणहरू पारित गरेको छ। साथै, चालू आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ।

साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २१ गते ‘बुक क्लोज’ गरेको थियो। जसअनुसार, पुस २० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै