काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँको कालिकास्थानस्थित अमृतभोग केटरर्समा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गरेको छ ।
सभाले एनएफआरएस बमोजिमको वासलात, नाफा-नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू सर्वसम्मत स्वीकृत गरेको हो ।
साधारण सभाले सेयरधनीहरूलाई कुल २०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअनुसार हाल कायम चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनसहित) प्रदान गरिनेछ ।
सभामा सञ्चालक किरण केसीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सञ्चालन कम्पनी सचिव विनोद शर्मा पौडेलले गरेका थिए ।