एशियन लाइफको नयाँ बोनसदर घोषणा: प्रतिहजार अधिकतम ७५ रुपैयाँसम्म पाइने

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितका लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। नेपाल बीमा प्राधिकरणबाट पुस २१ गते कम्पनीको आर्थिक वर्ष २०८०/८१ को बीमांकीय प्रतिवेदन स्वीकृत भएसँगै नयाँ दर घोषणा गरिएको हो ।

कम्पनीले विभिन्न बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदरअनुसार सावधिक तथा आजीवन जीवन बीमालेखमा बीमा अवधिका आधारमा न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस प्रदान गरिने छ । यस्तै, सावधिक जीवन बीमालेखमा प्रतिहजार बीमांकमा ४५ रुपैयाँदेखि ६२ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ।

बालबालिकाका लागि जारी गरिएको सावधिक जीवन बीमालेखमा ४२ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनस कायम गरिएको छ भने सामूहिक सावधिक, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ तथा भविष्य निधि योजनामा ४४ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिइनेछ । बाल उच्च शिक्षा बीमालेखमा ४२ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ । १५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस तथा वार्षिक भुक्तानी योजनामा रिभर्सनरी बोनस ३८ रुपैयाँदेखि ५६ रुपैयाँसम्म र टर्मिनल बोनस ६ रुपैयाँ प्रदान गरिनेछ । यस्तै, एशियन सावधिक प्लस र सुखी जीवन प्लस योजनामा रिभर्सनरी बोनस ४२ रुपैयाँदेखि ६० रुपैयाँसम्म र टर्मिनल बोनस ६ रुपैयाँ कायम गरिएको छ ।

May be an image of ticket stub and text

मुख्य जानकारी:

कहाँ लागू हुने: यो बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी (Maturity), समर्पण मूल्य (Surrender) र चुक्ता मूल्य दाबीमा समेत लागू हुनेछ ।

अवधि: अर्को बीमांकीय मूल्याङ्कन भई नयाँ दर सार्वजनिक नभएसम्मका लागि यही दर कायम रहने कम्पनीले जनाएको छ ।

बोनस गणना: यो बोनस रकम प्रत्येक वर्षको अन्त्यमा बीमितको बीमाङ्क रकममा थपिँदै जानेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै