काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको गठ्ठाघर शाखाबाट एकैपटक ३ जना अभिकर्ताहरु एमडीआरटीमा छनौट भएका छन् । एउटै शाखाबाट तीन जना प्रतिनिधिले एमडीआरटी-२०२६ को अन्तर्राष्ट्रिय प्रतिष्ठित मान्यता प्राप्त गर्न सफल भएका छन् ।
एमडीआरटी हासिल गर्ने सफल व्यक्तिहरूमा सिनियर एजेन्सी म्यानेजर शान्ति राई, स्टार एजेन्सी म्यानेजर कृष्ण बहादुर याख्खा, स्टार एजेन्सी म्यानेजर निस्मा राई रहेका छन् ।
उनीरूको यो उपलब्धि निरन्तर मेहनत, अनुशासन, स्पष्ट लक्ष्य र ग्राहक प्रतिको समर्पित सेवाको प्रतिफल हो। एमडीआरटीलाई विश्वभर जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने पेशेवरहरूको सर्वोच्च अन्तर्राष्ट्रिय पहिचानका रूपमा लिइन्छ ।
यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै गठ्ठाघर शाखा प्रमुख सागर कटुवालले भने, ‘एउटै शाखाबाट तीनजना एमडीआरटी बन्नु गर्वको विषय हो। यो सफलता टिमवर्क, नेतृत्व र प्रतिबद्धताको उत्कृष्ट उदाहरण हो। यसले सम्पूर्ण शाखा टिमलाई अझ उच्च लक्ष्यतर्फ अघि बढ्न थप प्रेरणा दिनेछ ।’