जेन–जी आन्दोलनको बीमा दाबी: साढे ५ अर्ब भुक्तानी, अझै १८ अर्ब बाँकी

काठमाडौँ । हालैको जेन–जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको बीमा दाबीमध्ये हालसम्म ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल २३ अर्ब ४७ करोड रुपैयाँ बराबरको दाबीमध्ये यो रकम भुक्तानी भएको हो ।

प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीका अनुसार हालसम्म ३ हजार ३१६ वटा बीमा दाबी परेका छन्। प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार:

सम्पत्ति बीमा: १९ अर्ब ५ करोड दाबीमध्ये ३ अर्ब ९३ करोड ५९ लाख भुक्तानी।

मोटर बीमा: ३ अर्ब ४६ करोड दाबीमध्ये १ अर्ब ३९ करोड २५ लाख भुक्तानी।

इञ्जिनीयरिङ तथा ठेक्का: ५५ करोड ३९ लाख दाबीमध्ये ८ करोड ३६ लाख भुक्तानी।

पुनर्बीमा सहयोग: नेपाल पुनर्बीमा कम्पनीले मात्रै ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी गरेको छ।

प्राधिकरणले १४ निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त तथ्याङ्कका आधारमा यो विवरण सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै