हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आह्वान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ ६ गते साधारणसभा बोलाएको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि यो लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र पस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै