सुनको मूल्यमा रेकर्ड: इतिहासमै पहिलोपटक तोलाको २ लाख ७० हजार नाघ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा भारी वृद्धि भएसँगै नयाँ उचाइ कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ। यो नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च मूल्य हो।

यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्यमा प्रतितोला १ हजार ३०० रुपैयाँले वृद्धि भएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो वृद्धि देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८३५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो। आज एकैदिन चाँदीको मूल्य तोलामा २७० रुपैयाँले बढेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै