काठमाडौँ । एनएलजी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१ /८२ को मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ ।
बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांशको विवरण:-
बोनस शेयर: ४ प्रतिशत
नगद लाभांश: ३ प्रतिशत (कर प्रयोजनसहित)
इन्स्योरेन्सले घोषणा गरेको यो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ ।
पछिल्लो समय हकप्रद शेयर जारी गर्ने प्रक्रियामा रहेको एनएलजीले बोनस शेयरमार्फत आफ्नो पूँजी संरचनालाई थप सुदृढ बनाउने लक्ष्य राखेको देखिन्छ ।