सूर्यज्योति लाइफका बीमितले अधिकतम ९० रुपैयाँसम्म बोनस पाउने

काठमाडौँ । जीवन बीमा कम्पनीमध्येको अग्रणी बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमितले अधिकतम ९० रुपैयाँसम्म बोनस पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०८१।८२ को बीमाङ्कीय मूल्यांकन प्रतिबेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बीमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार न्यूनतम ३८ देखि अधिकतम ९० रुपैयाँसम्म बोनस दिने भएको हो ।

कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । यस्तै सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँ, बार्षिक अग्रिम भुक्तानीमा न्यूनतम ३८ देखि ४७ रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनाहरुमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ ।

May be an illustration of blueprint and text

कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँ सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनि बन्दै आइएसओ ९००१ – २०१५ द्वारा बिभूषित भएको एकमात्र जीवन बीमा कम्पनी बन्न सफल पनि भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै