नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद बिक्री गर्दै

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन ६ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ३४.७८३ प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो।

कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७ सय ७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९ सय ६७.७६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। यस हकप्रदमा लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरिसकेको छ। यसअनुसार, जेठ २९ गतेसम्म कायम शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले जेठ ७ गते कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको हो। शेयर निष्कासनको लागि एनआईएम एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै