नारायण बाबु लोहनी रिलायबल नेपाल लाइफको सीईओमा पुनः नियुक्त

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नारायण बाबु लोहनीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनः नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिको १५५ औं बैठकले असार १९ गते लोहनीलाई आगामी चार वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनको नियुक्ति साउन १८ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ। लोहनी यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए। अब पुनः नियुक्तिसँगै उनले आगामी कार्यकालका लागि पनि कम्पनीको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै