नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष सिंहले लिइन् शपथ

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले बुधबार पद तथा गोपनियताको शपथ लिएकी छन् ।

सिंहलाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक कार्यक्रमका बीच शपथ ग्रहण गराएका हुन् ।

कम्पनीको मिति २०८२/०३/०५ मा भएको ३७औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतबाट पूर्ननिर्वाचित भएकी थिइन् ।

उक्त समारोहमा नेपाल बीमा प्राधिकरणबाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै