एलआईसी नेपालको साधारणसभा असार ३० गते, १०.५२६% लाभांश प्रस्ताव

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड  (एलआईसी नेपाल) ले आगामी असार ३० गते २३औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको असार ४ गते बसेको बैठकले साधारणसभाको मिति तय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११:४५ बजे सुरु हुने जनाइएको छ।

सभामा हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण अनुमोदन गर्ने र आगामी आवका लागि लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिक निर्धारण गरिनेछ।

निर्वाचन र प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि

सभाबाट सर्वसाधारण सेयरधनीतर्फबाट १ जना सञ्चालकको निर्वाचन गरिनेछ भने संस्थापक समूहका तर्फबाट नियुक्त सञ्चालकको अनुमोदन पनि एजेन्डामा समावेश गरिएको छ।

बोनस सेयर वितरणपछि कम्पनीको पुँजी वृद्धि हुने भएकाले त्यसअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

बुकक्लोज असार १६ मा

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार १६ गते १ दिनका लागि बुक क्लोज गर्नेछ। त्यसका आधारमा असार १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै