हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौँमा भएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राही गरेर ३३ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो ।

यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता रहने कम्पनीले जनाएको छ । उक्त अवसरमा सहभागी सबै रक्तदातालाई धन्यवाद स्वरुप प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै