नेशनल लाइफको लाभांश पारित गर्न कहिले बस्दैछ साधारण सभा ?

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे ३७ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर र यसका लाग्ने कर तिर्न ०.७८९४७३ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यसैगरी कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

कम्पनीको यही सभाले संस्थापक समूह ‘क वर्ग’ बाट ३ जना र सर्वसाधारण लगानीकर्ता ‘समूह ख’ बाट २ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको छ । यसर्थ जेठ २१ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र कम्पनीको यस सभामा भाग लिन र पारित लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै