बनेपा–नाला–भक्तपुर सडक फेरि अवरुद्ध

बनेपा । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । सो सडक खण्डको पुण्यमाता खोलामा भाँचिएको पुलमा ह्युम पाइप राखेर सडक खुलाइएको भएपनि गएराती आएको बाढीले ह्युमपाइपमाथि राखेको माटो बगाएर लागेपछि सडक अवरुद्ध भएको हो ।

यस अघि शनिबार बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको सडक आइतबार ह्युम पाइप राखेर सुचारू गरिएको थियो ।

यो सडक काठमाडौँ आउने र जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । २०३७ मा निर्माण भएको सो पुल ४५ बर्षपछि भाँचिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै