टिकटकद्वारा नेपालको २०२५ का टप सर्चहरू सार्वजनिक

काठमाडौँ । टिकटकले २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची आज सार्वजनिक गरेको छ। यसले नेपाली प्रयोगकर्ताहरू यस वर्षभरि चाडपर्व, म्युजिक ट्रेन्ड, घुम्न जाने गन्तव्य, मनपर्ने कार्यक्रम र हरेक दिनका निर्णयमा सहयोग पुर्‍याउने उपयोगी खोज लगायत अन्य के-कस्ता कुराप्रति बढी जिज्ञासु थिए भन्ने सानो झलक दिन्छ।

२०२५ को यो सूचीले टिकटक सर्च वास्तविक जीवनका लागि उपयोगी खोज माध्यमका रूपमा बढ्दै गएको देखाउँछ जहाँ दशैं-तिहार र तीजका लागि आवश्यक सामग्रीदेखि लिएर खाना पकाउने रेसिपीसम्म खोजिएका छन्। छिटो जानकारी लिन, समाचारहरूको अपडेट लिन, स्थानीयशैलीको प्रेरणा लिनर नेपालको सन्दर्भ र संस्कृति बुझ्ने क्रिएटरमार्फत आवश्यक सिफारिसहरू पाउन प्रयोगकर्ताहरू टिकटकमा आउने गरेका छन्।

“टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ,” टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले भने। “मानिसहरू आजकल भिडियो मात्र हेर्दैनन्, उनीहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भहरू खोजिरहेका हुन्छन्। चाहे खेलकुदका पछिल्ला गतिविधि पछ्याउन, विकेन्ड ट्रीपको योजना बनाउन, नयाँ कुरा सिक्न वा किनमेल अघि रिभ्यु हेर्न होस्, नेपालीहरू दैनिक निर्णयका लागि टिकटकलाई आधार बनाइरहेका छन्। यस वर्षका टप सर्चहरूले टिकटकले नेपालीहरूलाई संस्कृति, समुदाय र हरेक दिनका जिज्ञासाहरूसँग जोडिरहेको स्पष्ट रुपमा देखाउँछ।”

नेपालका सर्चहरूले के देखाउँछन् ?

यस वर्षका सर्चहरूले उद्देश्य सहितका खोजको कथा भनिरहेका छन्। यात्राका लागि महत्त्वपूर्ण गन्तव्यहरूमा देखिएको चासोले टिकटकले गन्तव्य खोज्न, घुमफिरको योजना बनाउन र नयाँ अनुभवहरू पत्ता लगाउन भूमिका खेलिरहेको देखाउँछ। यो सूचीले लोकप्रिय सेलिब्रिटी र ड्रामादेखि लिएर दैनिक कुराकानीलाई प्रभाव पार्ने गीत र भाइरल क्षणहरूसम्म, समग्रमा नेपाली संस्कृतिको ढुकढुकी नै समेटेको छ।

सर्चहरूले नेपालीहरूले सार्वजनिक घटना, प्रविधि सम्बन्धी जिज्ञासा लगायत प्रमुख समाचार र ट्रेन्डिङ विषयमा अपडेट रहन टिकटक प्रयोग गरिरहेका छन् भन्ने पनि देखाउँछन्। यी विषयहरूमा विभिन्न क्रिएटरहरूले वास्तविक समयमै जानकारी दिन सहयोग गरिरहेका छन्।

२०२५ को अन्त्य सँगै, नेपालका टप टिकटक सर्चहरूले यो वर्ष सामुहिक उत्सव, दैनिक जीवनका चासो र क्रिएटर-केन्द्रित खोजहरूले भरिपूर्ण रहेको देखाउँछ। टिकटक नेपालमा सशक्त र सिर्जनशील कम्युनिटीलाई निरन्तर साथ दिन तथा मानिसहरूलाई अझ अर्थपूर्ण एवम् रमाइलो तरिकाले प्रेरित गर्न र जानकारी लिन सहयोग गर्न प्रतिबद्ध छ।

२०२५ मा नेपालमा टिकटकमा सबैभन्दा धेरै खोजिएका शब्दहरू

सबैभन्दा धेरै खोजिएका शोबिज सेलिब्रिटी

May be a graphic of ‎text that says '‎Priyanka PriyankaKarki Karki Rajesh RajeshHamal Hamal Swastima Khadka Rekha RekhaThapa Thapa Most Searched Showbiz Celebrities Madan Krishna Shrestha Sear chon TikTok ل‎'‎

·      प्रियंका कार्की

·       राजेश हमाल

·       स्वस्तिमा खड्का

·       रेखा थापा

·       मदन कृष्ण श्रेष्ठ

सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटर

May be a doodle of ‎map and ‎text that says '‎Simpal SimpalKharel Kharel Ashma AshmaBishwokarma aBishwokarma Bishwokarma Rachana Rimal Anmol KC Most Searched TikTok Creators Anna AnnaSharma Sharma Sear ear chon صايا TikTok ل‎'‎‎

· सिम्पल खरेल

· आश्मा विश्वकर्मा

· रचना रिमाल

· अनमोल केसी

· आना शर्मा

सबैभन्दा धेरै खोजिएका खेलाडी

May be a graphic of ‎map and ‎text that says '‎Samba Bimal Gharti Magar Dipendra Singh Airee Mbappe Most Searched Sportspeople Messi Sear Chon TikTok ل‎'‎‎

·       साम्बा

·       बिमल घर्ती मगर

·       दिपेन्द्र सिंह ऐरी

·       एम्बाप्पे

·       मेस्सी

सबैभन्दा धेरै खोजिएका स्थान

May be a graphic of ‎map and ‎text that says '‎Mustang Manang North Annapurna Base Camp Pashupatinath Temple Most Searched Places Bhimsenthan Mandir Sear chon TikTok ل‎'‎‎

·       मुस्तांग

·       मनांग

·       नर्थअन्नपूर्ण बेस क्याम्प

·       पशुपतिनाथ मन्दिर

·       भीमसेनस्थान मन्दिर

सबैभन्दा धेरै खोजिएका टिभी शो वा ड्रामा

May be a graphic of ‎map, television and ‎text that says '‎Big Boss Paran ParanMovie Movie Jerry On Top Movie Jari Jari2Movie 2 Movie Most Searched TV Shows Roadies Season RoadiesSeason7 7 Sear Lon TikTok ل‎'‎‎

·       बिग बस

·       परान (चलचित्र)

·       जेरी अन टप (चलचित्र)

·       जारी २ (चलचित्र)

·       रोडिज सिजन ७

सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणहरू

May be a graphic of ‎map and ‎text that says '‎Teej Kukur KukurTihar Tihar Miss Grand Nepal Routine Of Nepal Banda Notable Search Trends NPL Season PLSeason 2 chọn TikTok ل‎'‎‎

·       तीज

·       कुकुर तिहार

·       मिस ग्राण्ड नेपाल

·       रुटिन अफ नेपाल बन्द

·       एनपीएल सिजन २

सबैभन्दा धेरै खोजिएका गीत / साउन्डट्र्याक

May be a graphic of ‎text that says '‎Thumak Thumak Janiye Mahiye De Naal Ice Cream Khaoungi Kashmir Jaungi Maya Garnu La John Chamling Wakka Lagdo Sansara I Bekcha Most Searched Soundtracks Sari Layara Aaya Vani Sear chon TikTok ل‎'‎

·       ठुमक ठुमक जानीए माहिए दे नाल

·       आइसक्रिम खाउंगी काश्मिर जाउंगी

·       माया गर्नु ल (जोन चाम्लिंग)

·       वाक्क लाग्दो संसार

·       सारी लायर आएँ भने

सबैभन्दा धेरै खोजिएका खाना / रेसिपी

May be a graphic of ‎text that says '‎Hatkyula Fruit Steam Chicken Recipe Sel Roti Recipe Singhada SinghadaRecipe Recipe Most Searched Foods PakkuRecipe Pakku Recipe Sear chon TikTok ل‎'‎

·       हत्क्युला फ्रुट

·       स्टिम चिकेन रेसिपी

·       सेलरोटी रेसिपी

·       सिंगडा रेसिपी

·       पक्कु रेसिपी

टिकटकको बारेमा:

टिकटक छोटो आकारका मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म हो । यसको उद्देश्य सिर्जनशीलतालाई प्रेरणा दिनु र खुसी बाँड्नु हो। टिकटकका विश्वभर कार्यालयहरू छन्जसमा लस एन्जेलस, न्यूयोर्क, लण्डन, पेरिस, बर्लिन, दुबई, सिङ्गापुर, जकार्ता, जोहानेसबर्ग, सिओल र टोकियो पर्छन्। 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै