वर्ल्डलिंक कम्युनिकेशनले अन्तरिम लाभांश वितरण गर्ने

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले आफ्ना सेयरधनीहरूलाई अन्तरिम लाभांश वितरण गर्ने भएको छ। यस प्रस्तावमाथि छलफल र अनुमोदनका लागि कम्पनीले आगामी असार २७ गते विशेष साधारणसभा आह्वान गरेको छ।

विशेष साधारणसभाका कार्यसूचीहरू

अन्तरिम लाभांश वितरण गर्ने प्रस्तावका अतिरिक्त, विशेष साधारणसभामा अन्य महत्त्वपूर्ण कार्यसूचीहरू पनि पेश गरिनेछन्, जसमा: सञ्चालक नियुक्त गर्ने र कम्पनी ऐनको दफा १०५ र १७६ बमोजिम ऋण लिन स्वीकृति दिने रहेकाे छ ।

वर्ल्डलिंकको बजार हिस्सा

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार, २०८२ वैशाखसम्ममा नेपालमा फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्ने ग्राहकको संख्या ३१ लाख ३२ हजार ३५० पुगेको छ ।

यसमध्ये, वर्ल्डलिंक कम्युनिकेशन एक्लैसँग १० लाख ३ हजार ९४९ ग्राहक छन्, जुन कुल ग्राहक संख्याको ३२.०५ प्रतिशत हो। यो तथ्यांकले नेपाली इन्टरनेट बजारमा वर्ल्डलिंकको बलियो उपस्थितिलाई स्पष्ट पार्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै