नेपालमा अनरको बजार विस्तार: सिटी सेन्टरमा खुल्यो नयाँ अनुभव केन्द्र

काठमाडौँ । विश्वप्रसिद्ध स्मार्ट डिभाइस ब्राण्ड अनर (HONOR) ले काठमाडौँको सिटी सेन्टरमा आफ्नो पहिलो एक्सक्लुसिभ ‘अनर अनुभव शोरूम’ सञ्चालनमा ल्याएको छ । कमलपोखरीस्थित सिटी सेन्टरको दोस्रो तलामा पुस १४ गते सोमबार (२९ डिसेम्बर २०२५) एक कार्यक्रमका बीच शोरूमको सफ्ट ओपनिङ गरिएको हो ।

नेपालमा आफ्नो उपस्थितिलाई मजबुत बनाउने उद्देश्यका साथ खोलिएको यस शोरूममा ग्राहकहरूले अनरका नयाँ स्मार्टफोन, एक्सेसरीज र अन्य स्मार्ट डिभाइसहरू प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन् । आधुनिक र इन्टरएक्टिभ डिजाइनमा तयार पारिएको यस शोरूममा तालिमप्राप्त कर्मचारीहरूबाट उत्पादनका फिचरबारे जानकारी लिनुका साथै विशेष स्टोर अफरहरूको फाइदा समेत लिन सकिने कम्पनीले जनाएको छ ।

सफ्ट उद्घाटन कार्यक्रममा अनर नेपालको टिम, व्यावसायिक साझेदार र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अनर नेपालको आधिकारिक प्रतिनिधिले भने, “सिटी सेन्टरको यो शोरूम प्रविधि प्रेमीहरूका लागि प्रिमियम र पहुँचयोग्य डिभाइसहरूको केन्द्र बन्नेछ । यो शोरूम हाम्रो नवप्रवर्तन र गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धताको एउटा कडी हो ।”

कम्पनीका अनुसार यो शोरूमले ग्राहकलाई खरिद गर्नुअघि उत्पादनको गुणस्तर र प्रविधि बुझ्न सहज बनाउनेछ । अनरले छिट्टै यस शोरूमको भव्य उद्घाटन (Grand Launch) गर्ने र थप ग्राहक-केन्द्रित गतिविधिहरू सार्वजनिक गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै