काठमाडौँ । नेपालको चर्चित टेक रिटेल चेन नियो स्टोर (Neo Store) ले लाजिम्पाटमा आफ्नो नयाँ ‘प्रिमियम आउटलेट’ सञ्चालनमा ल्याएको छ । आइतबार एक विशेष समारोहका बीच स्टोरको औपचारिक उद्घाटन गरिएको हो ।
टेक अनुभवका लागि नयाँ गन्तव्य
प्रिमियम टेक अनुभवलाई केन्द्रमा राखेर डिजाइन गरिएको यो स्टोरले नेपालमा टेक रिटेलको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ । आधुनिक डिजाइन, विशाल स्पेस र सफा ‘प्रिमियम लुक’ दिइएको यो आउटलेट केवल किनमेलका लागि मात्र नभई प्रविधिलाई नजिकबाट अनुभव र अन्वेषण गर्ने थलोका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ ।
स्टोरका मुख्य आकर्षणहरू:
गेमिङ स्टेशन: नवीनतम कन्सोलसहितका ३ वटा इन्टरएक्टिभ गेमिङ स्टेशनहरू ।
इन्टरटेन्मेन्ट जोन: ठूलो स्क्रिनमा गेमिङ र मनोरञ्जनको विशेष अनुभव लिन सकिने ।
इन्टरएक्टिभ डेमो: खरिद गर्नुअघि नै प्रविधिलाई चलाएर हेर्न र बुझ्न सकिने व्यवस्था ।
लक्षित वर्ग: यो स्टोर विशेष गरी गेमर, कन्टेन्ट क्रिएटर र प्रविधि प्रेमीहरूका लागि आरामदायी वातावरणमा तयार पारिएको छ ।
उद्घाटन विशेष अफर र उपहार
नयाँ आउटलेट सञ्चालनको अवसरमा नियो स्टोरले सीमित अवधिका लागि आकर्षक छुट तथा उपहारको घोषणा गरेको छ । ASUS, HiFuture, Black Shark, Fantech, Belkin, Logitech लगायतका विश्वप्रसिद्ध ब्रान्डका उत्पादनमा विशेष अफर उपलब्ध हुनेछन् ।
अफरका विशेषताहरू:-
१. सीमित डिलहरू: १ दिनदेखि १ महिनासम्म लागू हुने गरी विभिन्न डिलहरू ।
२. पहिलो १० ग्राहक: चयन गरिएका उत्पादनमा पहिलो १० ग्राहकलाई विशेष उपहार ।
३. पहिलो १०० ग्राहक: ल्यापटप र डेस्कटप खरिद गर्ने पहिलो १०० ग्राहकलाई विशेष अफर ।
४. सरप्राइज गिफ्ट: उद्घाटनको दिन खरिद गर्ने ग्राहकका लागि प्रिमियम बन्डल र सरप्राइज गिफ्ट ।