शाओमी १४टी स्मार्टफोनको मूल्य घट्यो: प्रिमियम फोन अब ५९,९९९ रुपैयाँमा

काठमाडौँ । प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ। यससँगै लाइकासँगको सहकार्यमा बनेको यो अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन भएको फोन नेपाली बजारमा अब अझ सुलभ मूल्यमा उपलब्ध हुने भएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले शाओमी १४टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक भएको बताए। उनले लाइका क्यामेरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको उल्लेख गर्दै अहिलेको मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ पहुँचयोग्य बनाउने शाओमीको प्रतिबद्धता रहेको जानकारी दिए।

मुख्य विशेषताहरू:

लाइका ट्रिपल क्यामेरा: यो फोनमा ५० एमपी मुख्य लेन्स, १२ एमपी अल्ट्रा–वाइड लेन्स र ५० एमपी टेलिफोटो लेन्स सहितको लाइका क्यामेरा सेटअप छ। यसले प्रयोगकर्तालाई प्रोफेशनल फोटो र ४के भिडियो खिच्ने क्षमता प्रदान गर्छ।

शक्तिशाली प्रोसेसर: मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, ४ नानोमिटर चिप र एलपीडीडीआर ५एक्स ¥यामले छिटो र सहज प्रयोग अनुभव सुनिश्चित गर्छ।

उच्च गुणस्तरको डिस्प्ले: फोनमा १४४ हर्ज एमोलेड डिस्प्ले, ६.६७ इन्चको स्क्रिन, १.५के रिजोलुसन र एचडिआर१०+ सपोर्ट रहेको छ।

स्मार्ट एआई उपकरणहरू: यसमा स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागि आधुनिक एआई उपकरणहरू समेत समावेश गरिएका छन्।

ब्याट्री र चार्ज: ६७ वाट हाइपरचार्ज सुविधासहितको ५००० एमएएचको ब्याट्रीले छोटो समयमा चार्ज र लामो ब्याकअप प्रदान गर्छ।

सुरक्षा: शाओमी १४टी पानी र धूलो प्रतिरोधी हुनुका साथै आईपी ६८ प्रमाणित सुरक्षाका साथ आउँछ।

नयाँ मूल्य र उपलब्धता:

शाओमी १४टी को १२ जीबी ¥याम र ५१२ जिबी स्टोरेज भएको भेरियन्टको अघिल्लो मूल्य ६४,९९९ रुपैयाँ बाट घटाएर अब ५९,९९९ रुपैयाँ कायम गरिएको छ।

यो स्मार्टफोन नेपालभरका शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिन्छ। यो फोन टाइटन ब्ल्याक, ग्रे र ब्लू गरी तीन आकर्षक रङमा उपलब्ध छ। उच्चस्तरीय क्यामेरा, शक्तिशाली प्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४टी स्मार्टफोन नेपाली ग्राहकहरूका लागि एक उत्कृष्ट विकल्प बन्न पुगेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै