काठमाडौँ । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ ।
कम्पनीले विभिन्न भेरियन्टका मोटरसाइकल सार्वजनिक गर्दै प्रिमियम सेग्मेन्टमा आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ। सार्वजनिक गरिएका मोडेलमध्ये T502X को मूल्य १३ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, F352 र T352X को मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ, T1002VX को मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ तथा C252V को मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
ब्रान्डले काठमाडौंको नक्सालमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ, जहाँ ग्राहकहरूले प्रिमियम मोटरसाइकलको प्रत्यक्ष अनुभव लिन सक्नेछन्। साथै, तिनकुनेमा सर्भिस सेन्टर सञ्चालनमा रहेको र निकट भविष्यमा उत्तरढोका क्षेत्रमा थप सर्भिस सुविधा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन तथा रेसिङ हेरिटेजका लागि परिचित मोर्बिडेलीले नेपाली बजारमा उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।
नेपालमा अटोमोबाइल क्षेत्रमा लामो अनुभव बोकेको वैद्य अर्गनाइजेशनले यस ब्रान्डलाई भित्र्याएको हो। यसअघि सो समूहले Ather जस्ता प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्डमार्फत पनि बजारमा सफलता हासिल गरिसकेको छ ।