काठमाडौँ । बजाजको मोटरसाइकल डोमिनार ४०० को अपडेटेड २०२५ नयाँ भर्सनको नेपालमा बुकिङ खुला भएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अल न्यू डोमिनार ४०० मोटरसाइकलको बुकिङ खुलाएको हो । कम्पनीले अपडेटेड डोमिनारको मूल्य ६ लाख ३४ हजार ९०० रुपैयाँ तोकेर बुकिङ लिन थालेको हो ।
नेपालमा बुकिङ खुलाइएको २०२५ भर्सन डोमिनार मोटरसाइकलमा केही फिचरहरू अपग्रेड भएर आएको हो ।
बजाजले पहिलो पटक डोमिनारमा पूरा डिजिटल नयाँ कन्सोल दिएको छ । कम्पनीले एनएस ४०० जेडमै भएको कन्सोल डोमिनारमा दिएको हो । यसमा स्मार्ट कनेक्ट फिचर पनि उपलब्ध छ । पुरानो डोमिनारको ट्यांकमा भएको सानो डिजिटल डिस्प्ले नयाँमा हटाइएको छ भने नयाँ यूएसबी पोर्ट दिइएको छ ।
यसमा डिजिटल कन्सोल कन्ट्रोल गर्नका लागि ह्याण्ड्लबारमा नयाँ स्वीच प्यानल दिइएको छ । यसका अवाला यसमा इलेक्ट्रोनिक थ्रोटल बडी, राइड वाइ वायर टेक्नोलोजी, ट्रयाक्सन कन्ट्रोल, रोड, रेन, एबीएस स्पोर्ट र अफरोड गरी चार नयाँ राइड मोड रहेको छ ।
सोलिड स्ट्याम्प्ड पेरिमिटर फ्रेममा आधारित डोमिनार ४०० मा पूरा एलईडी लाइट सेटअप, असिस्ट एण्ड स्लिपर क्लच, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, अलोय ह्वील, यूएसडी फोर्क र मल्टि स्टेप एड्जस्टेबल मोनोसक सस्पेन्सन सेटअप पाउन सकिन्छ ।
मस्कुलर डिजाइन भएको डोमिनारमा नयाँ इमिशन स्ट्याण्डर्ड ३७३ सीसी सिंगल सिलिण्डर, ट्रीपल स्पार्क, लिक्विड कुल्ड, फोर स्ट्रोक, फोर भल्ब, डीओएचसी, एफआई, बीएस ६, इन्जिन छ । यो इन्जिनले अधिकतम ३९ पीएस पावर र ३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।
नेपाली बजारमा यसको मूल्य ६ लाख २५ हजार ९०० रुपैयाँ तोकिएको छ ।