इटहरी । ट्रायम्फ मोटरसाइकल नेपालले इटहरीस्थित आफ्नो आधिकारिक डिलर अटो सिटीसँगको सहकार्यमा बहुप्रतीक्षित ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प सोमबारबाट सुरू भएकाे छ ।
यो एक्सचेन्ज क्याम्प धरान-१५, दशरथपथ स्थित बिग फुट फुटसलमा माघ १२ देखि माघ १७ सम्म हुनेछ । ६ दिनसम्म चल्ने यस एक्सचेन्ज क्याम्पमा सबै ब्रान्डका मोटरसाइकलधनीहरूलाई आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर सजिलै एक्सचेन्ज गरी प्रिमियम ट्रायम्फ मोटरसाइकलमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्रदान गरिने छ।
उक्त क्याम्प नेपालमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा आयोजना गरिएको हो। नेपालकाे पूर्वी क्षेत्रका मोटरसाइकल पारखीहरूसँग प्रत्यक्ष जोडिनु र ट्रायम्फको विश्वस्तरीय प्रदर्शन, डिजाइन र समृद्ध विरासत अनुभव गराउने उद्देश्यले यो पहल गरिएको हो।
एक्सचेन्ज क्याम्पका प्रमुख विशेषताहरू:
-स्पट एक्सचेन्ज अफर: जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरहरू सजिलै एक्सचेन्ज गर्न सकिने।
-उत्तम मूल्याङ्कन ग्यारेन्टी: प्रयोग भइसकेका दुईपाङ्ग्रे सवारीसाधनहरूका लागि प्रतिस्पर्धी तथा उत्तम बजार मूल्य सुनिश्चित।
-सहज फाइनान्स सुविधा: न्यून डाउन पेमेन्ट र सहज EMI विकल्पहरूसहित सजिलो फाइनान्स व्यवस्था।
-टेस्ट राइड अनुभव: खरिद गर्नु अघि ट्रायम्फ मोटरसाइकलको उत्कृष्ट प्रदर्शन प्रत्यक्ष अनुभव गर्ने अवसर।
-थप मूल्याङ्कन लाभ: एक्सचेन्जमा रु. १५,००० सम्मको थप मूल्याङ्कन हुने।
-प्रिमियम हेल्मेट अफर: प्रत्येक ट्रायम्फ मोटरसाइकलको खरिदमा आकर्षक प्रिमियम हेल्मेट उपहार।
उत्कृष्ट इन्जिनियरिङ तथा स्टाइलको विरासत बोकेको ट्रायम्फमा अपग्रेड गर्नका लागि यो सुनाैलाे अवसर हो। ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, “अहिलेसम्मको प्रतिक्रिया अत्यन्तै उत्साहजनक रहेकाे छ। प्रिमियम मोटरसाइक्लिङलाई अझ सुलभ बनाउन पाउँदा र राइडरहरूलाई यसमा सहयाेग गर्न पाउँदा हामी पनि उत्साहित छौँ ।”
नेपालभर आफ्नो उपस्थितिलाई विस्तार गर्दै गएको ट्रायम्फले आगामी दिनहरूमा अझ धेरै ग्राहक–केन्द्रित कार्यक्रमहरू ल्याउने अपेक्षा गरिएको छ ।