सांग्रिला मोटर्सको ‘लिपमोटर कस्टमर र्‍याली’ सम्पन्न

काठमाडौँ ।  सांग्रिला मोटर्स प्रालिले यही ५ पुसमा आफ्नो बहुप्रतीक्षित ‘लिपमोटर कस्टमर र्‍याली’ सम्पन्न गरेको छ ।

‘लेट्स लिप इन्टु एन अनफर्गेटेबल एक्सपेरियन्स’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले ‘विस्तारित लिपमोटर परिवार’लाई मनोरम ड्राइभ, सामुदायिक भाइचारा र उत्सवका लागि एकै ठाउँमा ल्याएको थियो ।

र्‍यालीको सुरुवात सानेपास्थित हेरिटेज गार्डेनबाट भएको थियो, जहाँ बिहान ८ः०० बजे उत्साही सहभागीहरू स्वागत कार्यक्रमका लागि भेला भएका थिए । र्‍यालीको औपचारिक फ्ल्याग–अफ लिपमोटरका ब्रान्ड एम्बासडर रोहित पौडेल र सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाद्वारा संयुक्त रूपमा गरिएको थियो ।

फ्ल्याग–अफपश्चात् विद्युतीय सवारीसाधनहरूको लस्कर राजधानीबाट नगरकोटस्थित क्लब हिमालयको मनोरम उचाइतर्फ प्रस्थान गरेको थियो । यस ड्राइभले सवारीधनीहरूलाई घुमाउरो र उकालो भू–भागमा लिपमोटर ईभीको उत्कृष्ट कार्यक्षमता र ह्यान्डलिङको अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै अन्य ईभीप्रेमीहरूसँग आत्मीयता साटासाट गर्ने मौका पनि जुराएको थियो ।

क्लब हिमालयमा क्विज, विभिन्न खेलहरू, बफे लन्च, नेटवर्किङ सेसन र गाडीको चेकजाँचजस्ता विविध गतिविधिहरूका साथ कार्यक्रम सञ्चालन गरिएको थियो, जसले सांग्रिला मोटर्स र यसको बढ्दो ग्राहकबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै