
काठमाडौँ । ग्राहकलाई अझ राम्रो र सशक्त ‘आफ्टर सेल्स सर्भिस’ प्रदान गर्ने उद्देश्यले एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक विद्युतीय सवारी साधन (ईभी) केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्ने भएको छ ।
शहरका प्रमुख स्थानमा स्थापना हुने यी सर्भिस सेन्टरले एमएडब्लूका ग्राहकलाई सहज, छिटो र विशेषज्ञस्तरको सेवा दिने लक्ष्य राखेको छ।
यी नयाँ ‘फ्यासिलिटी’ हरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि मात्र समर्पित हुनेछन्। प्रत्येक सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बे रहनेछन्, जसले धेरै संख्याका गाडीहरूलाई एकैपटक सहज, सूक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछन्।
यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी ‘डेडिकेटेड’ सर्भिस वर्कशप हुनेछन्। यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ।
‘आफ्टर सेल्स सर्भिस’ र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्लू वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवा सम्बन्धी प्रतिबद्धतालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको छ।
यी नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ, जसले नेपालको ईभी सेवा क्षेत्रमा नयाँ ‘बेन्चमार्क’ स्थापित गर्ने विश्वास लिइएको छ।