अप्रिलिया एसआर १७५ सीसी इन्जिनमा लन्च हुँदै, मूल्य कति पर्ला ?

काठमाडौँ । अप्रिलियाको प्रिमियम स्कुटर एसआर अब १७५ सीसी इन्जिनमा आउने भएको छ। हाल १६० सीसी इन्जिनमा उपलब्ध यो स्कुटरमा अप्रिलियाले १७५ सीसी क्षमताको नयाँ इन्जिन जडान गर्ने तयारी गरेको हो।

अर्को महिना लन्च हुने तयारीमा रहेको एसआर १७५ मा १७५ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन जडान गरिनेछ। यो इन्जिनले ७ हजार २०० आरपीएममा १२.७४ बीएचपी पावर र ६ हजार आरपीएममा १४.१४ एनएम टर्क उत्पादन गर्दछ।

अप्रिलिया एसआर नेपाली बजारमा समेत उपलब्ध एक प्रिमियम स्कुटर हो। नेपालमा डेल्टा अटोकर्पले बिक्री गर्दै आएको हालको एसआर १६० को मूल्य ३ लाख ९६ हजार रुपैयाँ पर्छ। नयाँ एसआर १७५ सीसीमा आउँदा इन्जिन क्षमता बढेकाले यसको मूल्यमा केही वृद्धि हुने अनुमान गर्न सकिन्छ, यद्यपि यकिन मूल्य सार्वजनिक भएको छैन।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै