
काठमाडौँ । एमजी मोटर्सको नेपालका लागि अधिकृत आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले आफ्ना ग्राहकहरूको लागि उत्कृष्ट आफ्टर सेल्स अर्थात बिक्री पछिको सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ।
कम्पनीले १०० भन्दा बढी स्पेयर पार्ट्सहरूको मूल्य औसत ३० प्रतिशतले घटाएर एमजीका सबै ग्राहकहरूलाई सस्तो र सहज सेवा उपलब्ध गराउने घोषणा गरेको हो।
विश्वास र गुणस्तरमा आधारित ब्रान्डको रूपमा एमजी मोटर्सले आफ्ना ग्राहकहरूको बढ्दो अपेक्षा सहज र किफायती स्वामित्व अनुभव पूरा गर्ने प्रयास गर्दै आएको बताएको छ।
यसै उद्देश्यका साथ पारामाउन्ट मोटर्सले आफ्नो लजिस्टिक्स प्रक्रिया पुनरावलोकन गरी एमजीको आपूर्ति श्रृंखलासँग समन्वय गरेर खर्च घटाएको र यसको फाइदा सीधा ग्राहकहरूलाई पुर्याएको बताएको छ।
एमजी मोटर्स नेपालले सेवा पहुँचलाई राष्ट्रव्यापी बनाउन निरन्तर लगानी गर्दै आएको छ। काठमाडौं उपत्यकामा ३ वटा पूर्ण सुविधायुक्त सर्भिस सेन्टर र देशभर फैलिएको डिलरशिप नेटवर्कमा १२ भन्दा बढी अतिरिक्त सर्भिस सेन्टरको साथ कम्पनीले ग्राहकहरूलाई अद्वितीय सहजता र सहयोग प्रदान गर्दै आएको जनाएको छ।