
काठमाडौँ । नेपालका लागि दिपल इभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नयाँ ग्राहकमैत्री योजना ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत ग्राहकले दिपलको प्रिमियम इलेक्ट्रिक गाडी किनेर पहिलो ६ महिनासम्म कुनै किस्ता तिर्नु पर्दैन।
यो योजना सीमित समयका लागि लागू गरिएको हो र दिपल एस०७, एस०७एल तथा एल०७ मोडलहरूमा नेपालभरका अधिकृत सोरुमहरूमा उपलब्ध हुनेछ।
दिपल ब्रान्ड विश्वस्तरीय डिजाइन, प्रविधि र लक्जरी सुविधाका कारण नेपाली बजारमा छोटो समयमै रुचाइएको इभीमध्ये पर्छ। हालसम्म नेपालमा ९०० युनिटभन्दा बढी दिपल इभी बिक्री भइसकेका छन्।
ग्राहकलाई थप सुविधा:
‘ड्राइभ नाउ, पे लेटर’ योजनामार्फत ग्राहकले निम्न विशेष अफरहरू प्राप्त गर्नेछन्:
पहिलो ६ महिनाको मासिक किस्ता तिर्नु नपर्ने
पुरानो गाडीमा उत्कृष्ट पुनर्मूल्यांकन (रिकन्डिसन भ्यालु)
निशुल्क अटो प्लस इन्स्योरेन्स
७ किलोवाट वाल चार्जर र ३ किलोवाट ट्राभल चार्जर
८२/८३ सालको निशुल्क सडक कर
प्रविधिमा अब्बल दिपल
दिपल इभीमा उद्योगमै पहिलोपटक प्रस्तुत गरिएका १० भन्दा बढी इनोभेटिभ फिचरहरू रहेका छन्। जसमध्ये जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन र एआर–एचयूडी (Augmented Reality Head-Up Display) जस्ता सुविधाहरूले यो गाडीलाई अरूभन्दा अलग बनाएको छ।
सपना साकार पार्ने अफर
कम्पनीका अनुसार यो योजना नेपाली ग्राहकलाई लगानी सहज बनाउँदै लक्जरी इभीको अनुभव दिलाउने लक्ष्यका साथ ल्याइएको हो ।