काठमाडौँ । नेपालस्थित प्रविधि कम्पनी Raindrop Inc. ले आफ्नो प्रमुख उत्पादन Bizak ERP लाई पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दै पाकिस्तानमा आधिकारिक रूपमा सेवा प्रारम्भ गरेको घोषणा गरेको छ । यो कदम नेपालमा विकास भएको उच्चस्तरको इन्जिनियरिङ् समाधानलाई विदेशमा स्थापित गर्ने महत्वपूर्ण चरणका रूपमा लिइएको छ ।
कम्पनीले पाकिस्तानमा Bizak ERP को कार्यान्वयन र स्थानीय समर्थनका लागि Technology Consulting संस्था Anchorpoint सँग रणनीतिक साझेदारी गरेको छ । Asad Habib को नेतृत्वमा रहेको Anchorpoint ले पाकिस्तानका व्यवसाय र सरकारी निकायहरूको आवश्यकतालाई ध्यानमा राख्दै Bizak लाई स्थानीय वातावरणअनुसार अनुकूलन (localization), परिनियोजन, र नियमित प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
Bizak ERP को विशेषता र बजारमा प्रभाव
Raindrop Inc. ले Bizak ERP लाई “Rigidity Gap” समाधान गर्न केन्द्रित गर्दै विकास गरेको हो-जहाँ धेरै ERP प्रणालीहरूले कम्पनीका स्थापित प्रक्रियाहरू बदल्न बाध्य बनाउँछन्। Bizak ले कम्पनीको वास्तविक कार्यप्रवाहलाई सम्मान गर्दै सहज रूपमा डिजिटल परिवर्तनसमेत सम्भव बनाउँछ ।
मुख्य विशेषताहरू:-
कम्पनीको मौलिक कार्यशैली जोगाएर डिजिटलाइजेसन: संस्थाहरूले आफ्ना प्रतिस्पर्धात्मक लाभ (competitive advantage) कायम राख्दै आधुनिक प्रणालीतर्फ उन्मुख हुन सक्छन् ।
सुरक्षित र विस्तारयोग्य संरचना: सरकारी वित्त प्रणालीदेखि ठूला निजी व्यवसायसम्मका उच्च-जोखिम वातावरणमा समेत विश्वसनीय रूपमा काम गर्ने आर्किटेक्चर ।
अन्तर्राष्ट्रिय गुणस्तर, स्थानीय कार्यान्वयन: Raindrop Inc. बाट विश्वस्तरको उत्पादन गुणवत्ता र Anchorpoint मार्फत स्थानीय विशेषज्ञता उपलब्ध गराइनेछ ।
“Pakistan हाम्रो पहिलो अन्तर्राष्ट्रिय बाजार हो, जसले Bizak ERP को मूल दर्शनलाई वास्तविक प्रमाणित गर्छ, Nepal मा निर्मित इन्जिनियरिङ् क्षमताले विश्वका जटिल व्यवसायिक आवश्यकताहरू पूरा गर्न सक्छ भन्ने विश्वाससहित यो हाम्रो Global यात्राको प्रारम्भिक कदम हो।” संस्थापक सीईओ अशोक न्यौपानेले भने ।
Raindrop Inc. बारे
Raindrop Inc. नेपालमा आधारित एक अग्रणी प्रविधि कम्पनी हो, जसले Public Financial Management, Large Enterprise System, र अन्य Mission Important Software निर्माण तथा परिनियोजनमा विशेषज्ञता राख्छ। कम्पनीको Product-overned मोडेलले सबै अन्तर्राष्ट्रिय परियोजनामा सुरक्षा, अनुपालन, र नवीनताको उच्चतम स्तर सुनिश्चित गर्छ ।
Anchorpoint बारे
Anchorpoint पाकिस्तानमा अवस्थित एक प्राविधिक परामर्शदाता संस्था हो, जसले एंटरप्राइज स्तरका सफ्टवेयर कार्यान्वयन, डिजिटल परिवर्तन रणनीति, र प्राविधिक समर्थन सेवामा विशेषज्ञता राख्दछ ।