७ महिनामा ११ खर्ब २३ अर्बको आयात: इन्धन र खाद्यान्न अगाडि, सुन २१ अर्बको भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिना (साउन–माघ) मा नेपालको कुल आयात ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आयात १३.६५ प्रतिशतले बढेको हो ।

यो अवधिमा राज्यले आयातबाट २ खर्ब ८० अर्ब ७६ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा देखिएको यो व्यापारिक बढोत्तरीले बजारमा आर्थिक चलायमानता बढेको संकेत गरेको छ ।

सर्वाधिक आयात भएका ‘टप १०’ वस्तुहरू

भन्सार विभागका अनुसार आयातित वस्तुहरूको सूचीमा इन्धन, खाद्यान्न र औद्योगिक कच्चा पदार्थको वर्चस्व रहेको छ:-

क्र.सं. वस्तु आयात रकम (रुपैयाँ) मुख्य विवरण
१. काँचो भटमास तेल ७० अर्ब ९९ करोड ४४ करोड ८३ लाख लिटर
२. डिजेल ६९ अर्ब ९१ करोड ७ लाख ६६ हजार किलोलिटर (सबैभन्दा धेरै राजस्व)
३. पेट्रोल ३८ अर्ब १३ करोड ४ लाख ४२ हजार किलोलिटर
४. एलपी ग्यास ३१ अर्ब ८५ करोड ३२ करोड १० लाख केजी
५. स्पन्ज आइरन ३१ अर्ब ९ करोड डन्डी उद्योगको कच्चा पदार्थ
६. स्मार्टफोन २६ अर्ब ६८ करोड १४ लाख १४ हजार थान मोबाइल
७. सुन २१ अर्ब २० करोड ११ लाख ५४ हजार ग्राम
८. डीएपी मल २० अर्ब ८५ करोड १७ करोड ८४ लाख केजी
९. अन्य रासायनिक मल १९ अर्ब ६९ करोड २६ करोड ३९ लाख केजी
१०. फलाम/स्टिल पाता १६ अर्ब ७० करोड २२ करोड ६ लाख केजी

 

व्यापार घाटाको चाप कायमै

समीक्षा अवधिमा नेपालले १ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यद्यपि, निर्यातको तुलनामा आयातको हिस्सा निकै ठूलो भएकाले अर्थतन्त्रमा व्यापार घाटाको चाप अझै उच्च देखिएको छ ।

विशेषगरी सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दै गए पनि नेपालमा सात महिनामै २१ अर्ब २० करोडको सुन भित्रिनुले आन्तरिक माग उच्च रहेको पुष्टि गर्छ । यस्तै, इन्धन आयातबाट मात्रै सरकारले ठूलो हिस्सा (डिजेल र पेट्रोलबाट मात्रै ५५ अर्ब माथि) राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै