नेपालगन्जले उठायो १० अर्ब ८८ लाख भन्सार राजस्व

नेपालगन्ज । खुला सिमाना, चोरी पैठारीको समस्याका बाबजुद नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको माघ ११ गतेसम्म १० अर्ब ८८ लाख ३० हजार रुपैयाँ भन्सार राजस्व असुल गर्न सफल भएको छ ।

जनवरी २६ का दिन ७४ औं विश्व भन्सार दिवस अवसरमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । यो वार्षिक लक्ष्यको ४१ प्रतिशत र मासिक लक्ष्यको ८० प्रतिशत हो ।

नेपालगन्ज भन्सार कार्यालयले भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भन्सार कार्यालयले राजश्व उठाउने मात्र नभएर अन्तर्राष्ट्रिय बजारलाई व्यवस्थित बनाउने कुरामा जोड दिए ।

खुला सीमा र बढ्दो चोरी पैठारीको चुनौतीका बीचमा पनि लक्ष्यको समीप रहेर भन्सार राजश्व उठाउन सफल भएको प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए । उनले भने, ‘चालु आर्थिक वर्षको माघको ११ गतेसम्म १० अर्ब ८८ लाख ३० हजार भन्सार राजश्व असुल गर्न सफल भएका छौं ।’

नेपालबाट उत्पादित बस्तुमा प्लाइउड भएको र जडीबुटी पैठारी हुने गरेको छ भने नेपालगन्ज भन्सार हुँदै चामल, पेट्रोलियम पदार्थ, फलाम, मेसिनरी सामान लगायतका बस्तु आयात हुने गरेको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।

भन्सार दिवसको अवसरमा भन्सार चोरी पैठारीविरुद्ध सडक नाटक, रिक्सा अटो चालकलाईं सचेतनामूलक अभिमुखीकरण तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका सहभागीलाई प्रमाण पत्र र पुरस्कार वितरण गरिएको थियो ।

भन्सार दिवसको अवसरमा निर्याततर्फ सबैभन्दा बढी निर्यात गर्ने गंगा रोजिन एण्ड टर्पेनटाइन, आयततर्फ नेपाल आयल निगम, जय अम्बे स्टिल उद्योग र देवती गुट्खा उद्योगलाई सम्मान गरिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै